arrow

उखु काट्दै गरेका महिलालाई राँगाले हान्यो, चार जना घाइते

logo
प्रकाशित २०७७ फागुन ३ सोमबार
buffalo.jpg

सर्लाही । सर्लाहीको ईश्वरपुर नगरपालिका-१३, श्रीनगर मा राँगाले हानेर चार जना घाइते भएका छन् । घाइतेमध्ये एक वृद्धको अवस्था गम्भीर रहेको छ ।

वडा कार्यालयले भैँसी पालक किसानका लागि छाडेको सार्वजनिक राँगाले हानेर ईश्वरपुर नगरपालिका-१३, की मुली देवी महतो, तारादेवी महतो, विजय महतो र ईश्वरपुर नगरपालिका-१४, का सुमन विक घाइते भएका हुन् ।

घाइतेमध्ये ७० वर्षीया मुली देवी महतोको अवस्था गम्भीर रहेको छ । टाउको र छातीमा चोट लागेर घाइते वृद्धको गाउँकै स्वास्थ्य संस्थामा उपचार चलिरहेको श्रीनगर का ढुण्डीराज पोखरेलले जानकारी दिए । अन्य तीनजना घाइतेको अवस्था भने सामान्य छ ।

आइतबार दिउँसो मुली देवी र तारादेवीलाई खेतमा उखु काट्दै गर्दा राँगाले हान्न थालेपछि छुटाउन खोज्दा विजयलाई पनि घाइते बनाएको र सुमनलाई भने बाटोमा हिँडिरहेको बेला राँगाले हानेर घाइते बनाएको हो ।

सार्वजनिक रूपमा छाडिएको राँगाले यसरी मान्छेलाई आक्रमण गर्न थालेपछि स्थानीय बासिन्दा त्रसित बनेका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ