arrow

बालिकालाई आफ्नै कोठामा ग्राहक बोलाई करणी गराउने दुई पक्राउ

logo
निरञ्जन कुमार साह,
प्रकाशित २०७७ माघ ३० शुक्रबार
rapes.JPG

धनुषा । धनुषामा बालिका बलात्कारको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । शुक्रवार जिल्ला प्रहरी कार्यालय धनुषाले पत्रकार सम्मेलन गर्दै आरोपित हरूलाई सार्वजनिक गरेको हो। पक्राउ पर्नेमा मुस्कान खातुन र शम्भु भनिने ओमनारायण यादव रहेका छन् ।

प्रहरीका अनुसार मुस्कान खातुनले १३ वर्षीय बालिकालाई आफ्नै कोठामा ग्राहक बोलाई यौन धन्दामा लगाउने गरेकी थिइन् । खातुन लक्ष्मी नियाँमा एउटा कोठा भाडामा लिएर बस्दै आएकी थिइन् । त्यस क्रममा मुस्कानले यादव समेतलाई कोठामा बोलाई पीडित बालिकासँग यौन सम्बन्ध राख्न लगाएको धनुषा प्रहरी उपरीक्षक रमेश रानाभाटले पत्रकार सम्मेलनमा बताए ।

पटक-पटकको बलात्कारपछि बालिका गर्भवती भएपछि घटनाबारे परिवारले थाहा पाएको थियो ।

प्रहरीमा जाहेरी परेपछि जिल्ला अदालतबाट पक्राउ अनुमति लिएर फरार रहेका खातुन र यादवलाई बिहीबार राति धनुषाको लक्ष्मिनियाँ गाउँपालिका वडा नम्बर ४ स्थित बाटोबाट नियन्त्रणमा लिइएको धनुषा प्रहरीका प्रवक्ता मकेन्द्र कुमार मिश्रले जानकारी दिए ।

पक्राउ परेका दुवै जना स्थानीय हुन् । घटनाबारे अनुसन्धान भइरहेको उपरीक्षक रानाभाट ले जानकारी दिए।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ