arrow

दुलही बनेकी आलियाले किन हटाइन् तस्बिर ?

logo
प्रकाशित २०७७ माघ ३० शुक्रबार
alia.png

काठमाडौँ । बलिउड अभिनेत्री आलिया भट्ट र रणवीर कपूरको विवाहको चर्चाले पुन एक पटक माहौल तातेको छ। आलियाले उनको हातमा मेहन्दी र दुलहीको फोटो शेयर गरेसँगै माहौल तातेको हो ।

आलियालाई दुलही रूपमा देखेर फ्यानहरूले उनी प्रेमी रणवीर कपूरसँग गोप्य रूपमा विवाह गरेको अनुमान लगाएका छन् । तस्बिरमा उनी त्यस्तै पनि देखिएकी छन् ।  पछि आलियाले फोटोशुटका लागि यसो गरेको बताइन् ।

दर्शककहरुले आलियालाई  कहिले वास्तविक दुलहीको रूपमा हेर्न पाउनेछौ भनी प्रश्न गरे । अर्को प्रयोगकर्ताले अब तपाईँले रणवीरसँग चाँडै विवाह गर्नुहोस् भनी सल्लाह पनि दिए ।

यद्यपि यो तस्बिर पछि हटाइएको थियो, त्यस बेला सम्म सोसल मिडियामा फैलिएको थियो । मेहन्दी र दुलहीको फोटोले आलियालाई दबाब परेसँगै उनले तस्बिर हटाएकी हुन् ।  

 आलिया भट्ट र रणवीर कपूर बलिउडको सबैभन्दा प्रिय जोडी हुन्। यस्तो अवस्थामा दुवैको विवाह भएको हेर्न फ्यानहरू धेरै उत्साहित छन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ