arrow

ओलीको गृह जिल्लामा पत्रकारहरू आन्दोलित

logo
युवराज रेग्मी,
प्रकाशित २०७७ माघ २७ मंगलबार
jhapa-patrakar.jpg

झापा । प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको प्रतिनिधि सभाविघटन विरुद्धमा झापाका सञ्चारकर्मीहरू आन्दोलित भएका छन् । प्रधानमन्त्री ओलीकै गृह जिल्ला समेत पर्ने झापाका सञ्चारकर्मी गर्नेहरू आफ्नो दैनिक कामकाज छोडेर प्रतिगमन विरुद्ध ऐक्यबद्धता जाहेर गर्दै मङ्गलवार मध्यान्न १२ बजे एकै साथ सडकमा ओर्लिएका थिए ।

नेपाल प्रेस युनियन झापा र प्रेस सङ्गठन झापाद्वारा संयुक्त रूपमा आयोजित कार्यक्रममा संस्था सम्बद्ध झापाली सञ्चारकर्मीहरुले प्रधानमन्त्रीको असंवैधानिक र अलोकतान्त्रिक कदमको चर्को रूपमा आलोचना व्यक्त गरेका थिए ।

लोकतान्त्रिक गणतन्त्र जिन्दाबाद, असंवैधानिक कदम तुरुन्त सच्याऊ, प्रतिगमन मुर्दावाद लगायतका नारा सहित प्ले कार्ड बोकी विरोध स्वरूप निधारमा कालो पट्टी बाँधेर झापा जिल्लाको व्यापारिक नगरी बिर्तामोडको मध्य भागमा पर्ने मुक्ति चोक परिक्रमा गरी विरोध सभा आयोजना गरेका थिए ।

प्र.म.ओलीलाई ताना शाहको जस्तो दिवा सपना नदेख्न सचेत गराउँदै सञ्चारकर्मीहरुले विगतका काल खण्डहरूमा पनि राजनैतिक परिवर्तन ल्याउन दर्बिलो रूपमा ऐतिहासिक योगदान पुराएको स्मरण गराएका थिए ।

ओलीको कदम विरुद्ध सञ्चारकर्मी र पत्रकारहरूले ओलीको गृह जिल्ला समेत पर्ने नेपालको सुदूर पूर्वी जिल्ला झापाबाट थालिएको यो आन्दोलन प्रतिगम नसच्याइए देशव्यापी रूपमा विरोध कार्यक्रम बिस्तार गरी प्रतिगमनबिरुद्द आन्दोलनको आधिबेहरि ल्याउने बताए ।

हाल सम्म पनि एका दुई व्यक्तिहरू प्रधानमन्त्रीको यस कदमप्रति अलमल र भ्रममा रहेको बताउँदै झापाली सञ्चारकर्मीले यसै विरोध कार्यक्रम मार्फत दुबिधा र भ्रममा नपरी प्रतिगमन विरुद्धको आन्दोलनमा एक्यबद्ता जनाउन आग्रह समेत गराएका थिए ।

व्यापारिक नगरी बिर्तामोडको दुर्गा मन्दिर परिसरबाट सुरु भएको विरोध र्‍याली बजार परिक्रमा गरी मुक्ति चोक ट्राफिक कार्यालय नजिक बिरो सभामा परिणत भएको थियो ।

 विरोध कार्यक्रमलाई सम्बोधन गर्दै नेपाल पत्रकार महासङ्घ झापाका पूर्व सभापति कृष्ण हुमागाईँले प्रधानमन्त्री केपी. शर्मा ओलीलाई मदारीले नचाएको बाँदरको संज्ञा दिँदै लोकतन्त्रका शासकहरू निरंकुसतन्त्रका शासक रहने बताए । हाल प्र.म. ओली सोही गलत बाटोमान हिँडेको बताउँदै लोकतन्त्रमा त्यस्ता शासकलाई जनताले कदापि साथ नदिने धारणा समेत व्यक्त गरेका थिए ।

नेपाल पत्रकार महासङ्घ झापाका अध्यक्ष तारामणि सापकोटाले आन्दोलन प्रति ऐक्यबद्धता जनाउँदै प्राप्त परिवर्तनको रक्षाका निम्ति पत्रकार र नागरिक समाजले अग्रणी भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिँदै आफ्नै गृह जिल्लाका प्रधानमन्त्री भएर पनि गर्व गर्न नसक्ने काम गरेका कारण पत्रकारहरू सडकमा आन्दोलित हुन बाध्य भएको बताए ।

 विरोध कार्यक्रममा प्रेस सङ्गठन प्रदेश न १ अध्यक्ष राजन कडी, नेपाल प्रेस युनियन केन्द्रीय सदस्य गोविन्दचन्द्र क्षेत्री, पूर्व केन्द्रीय सदस्य लोकराज ढकाल, नेपाल पत्रकार महासङ्घ प्रदेश समिति सदस्य तीर्थ सिग्देल, फोनिज प्रदेश १ इन्चार्ज दिपीन राई, प्रेस सङ्गठन प्रदेश सदस्य सुब्रत न्यौपाने, नारी सञ्चार गृहका अध्यक्ष भीमा शिवाकोटी, सञ्चारकर्मी एवम् साहित्यिक स्रष्टा लीला अनमोल तथा इन्द्रसिंह राजवंशी लगायतले प्रदर्शनमा ऐक्यबद्धता जनाएका थिए ।

नेपाल प्रेस युनियन झापा अध्यक्ष इन्दु पूर्वेली र प्रेस सङ्गठन झापा अध्यक्ष मुक्ति पौडेलको संयुक्त अध्यक्षता रहेको कार्यक्रममा सक्रिय रूपमा झापाका विभिन्न सञ्चार माध्यममा कार्यरत ११५ जना क्रियाशील पत्रकारहरू एकै साथ सडकमा ओर्लिएका थिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ