arrow

अग्रवालमाथि अनुसन्धान गर्न अदालतले दियो थप सात दिनको म्याद

logo
प्रकाशित २०७७ माघ २६ सोमबार
courts.jpeg

सर्लाही । अन्नपूर्ण चिनी उद्योगका मालिक (सञ्चालक) राकेश अग्रवालमाथि अनुसन्धान गर्न अदालतले सात दिनको म्याद थप गरेको छ ।  

वर्षौँदेखि उखु किसानको करोडौँ रकम भुक्तानी नगर्ने सर्लाहीको धनकौल स्थित अन्नपूर्ण चिनी उद्योगका मालिक (सञ्चालक) राकेश अग्रवाललाई ठगी लगायत मुद्दामा अनुसन्धान गर्नका लागि जिल्ला अदालत सर्लाहीले प्रहरीलाई पुन सात दिनको म्याद थपिदिएको हो । यसअघि माघ  १६ गते पाँच दिन र थप सात दिनको म्याद दिएको थियो ।

जिल्ला प्रहरी कार्यालय सर्लाहीको हिरासतमा रहेका अग्रवाललाई अनुसन्धान गर्नका लागि जिल्ला अदालत सर्लाहीले तेस्रो पटक सात दिनको म्याद दिएको प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले जानकारी दिए । १४ गते साँझ काठमाडौँ त्रिपुरेश्वर स्थित आफ्नै निवासबाट पक्राउ परेका अग्रवाललाई आवश्यक कारबाहीका लागि १५ साँझ सर्लाही ल्याइएको थियो ।

अग्रवाल विरुद्ध सर्लाही प्रहरीमा जाहेरी परेकाले जिल्ला प्रहरी कार्यालय सर्लाहीको पत्राचारका आधारमा उनलाई काठमाडौँ प्रहरीले सर्लाही पठाएको हो । अग्रवाल विरुद्ध सर्लाहीका  किसानले वर्षौँदेखि उखुको भुक्तानी नदिएको भन्दै किटानी जाहेरी दिएको र त्यसैको आधारमा उनलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रमुख प्रहरी उपरीक्षक सन्तोष सिंह राठौरले जानकारी दिए ।

प्रहरी उपरीक्षक राठौरले भने, ‘अग्रवाल विरुद्ध ठगी, आपराधिक विश्वासघात र आपराधिक लाभ सम्बन्धी कसुरमा जिल्ला अदालतबाट म्याद लिएर अनुसन्धान प्रक्रिया अगाडी बढाएका छौँ । उद्योगले उपलब्ध गराएको तथ्याङ्क अनुसार किसानलाई १७ करोड रुपैयाँ दिन बाँकी थियो ।

 जसमध्ये हालसम्म १२ करोड ६३ लाख ७२ हजार १९८ रुपैयाँ भुक्तानी भइसकेको प्रहरी उपरीक्षक राठौरले जानकारी दिए । अन्नपूर्णले दक्षिणी क्षेत्र स्थित बरहथवा, बसबरिया, धनकौल, बलरा, गोडैता, विष्णु, रामनगर लगायत पालिकाका हजारौँ उखु किसानको वर्षौँदेखिको भुक्तानी बाँकी राखेको छ ।

उद्योगले उपलब्ध गराएको तथ्याङ्क अनुसार त्यति देखिए पनि किसानहरूले दाबी गरेको अझै निकै रकम हुन सक्ने प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले बताए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ