arrow

सनी लियोनीमाथि २९ लाख भारु ठगी गरेको आरोप

logo
प्रकाशित २०७७ माघ २५ आइतबार
sunny_liyoni.jpg

काठमाडौं । बलिउड अभिनेत्री सनी लियोनीमाथि २९ लाख भारु ठगी गरेको आरोप लागेको छ । 

द हिन्दूमा छापिएको सामाचार अनुसार पेरु मबरुरमा बस्ने आर श्रेयस नामका व्यक्तिले सनी लियोनीविरुद्ध २९ लाख भारु ठगीको आरोप लगाएका हुन् ।

केरलमा छुट्टी मनाइरहेकी सनीसँग केरल क्राइम ब्रान्चले ठगीको विषयमा घण्टौंसम्म सोधपुछ गरेको बुझिएको छ ।

ठगी आरोप लगाउने श्रेयसका अनुसार सनीले आफूसँग उक्त रकम दुई कार्यक्रमका लागि लिएको तर कार्यक्रममा उपस्थित हुन अस्विकार गरेकी थिएन् ।

तर सनीले प्रहरीको सोधपुछमा आफू कोरोनाका कारण कार्यक्रममा भाग लिन असमर्थ भएको बताएकी छिन् । आयोजकले पाँच पटक कार्यक्रम रद्द गरिदिए र निर्धारित समयानुसार आयोजना पनि नभएको बताएकी छिन् । एजेन्सी



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ