arrow

ओलीको निर्वाचन क्षेत्रमा प्रचण्ड-नेपालको आम हडताल अझ कडा पारिने

logo
युवराज रेग्मी,
प्रकाशित २०७७ माघ २१ बुधबार
oli-pradesh.JPG

झापा । प्रधानमन्त्री केपी ओलीको निर्वाचन क्षेत्रमा बिहीबारको आम हडताललाई सशक्त बनाइने भएको छ । प्रचण्ड-नेपाल समूहको नेकपाद्वारा घोषित आम हडताललाई सशक्त बनाउने तयारी भएको आन्दोलन परिचालन समिति दमकका सह संयोजक बेदु गौतमले जानकारी दिएका छन्  ।

नेकपा झापा ५ क्षेत्रीय समितिको बुधवार को आकस्मिक बैठकले बिहीबार गरिने देश व्यापी आम हडताल र बन्दलाई सशक्त बनाउने निर्णय भएको उनले जानकारी दिएका छन् । ‘एक दिनका लागि हामीले सबै नागरिकलाई दुःख दियौँ यसका लागि क्षमा चाहन्छौँ ।' उनले भने- 'प्रतिगमनले  हामीलाई पुस्तौँ सम्म दुःख दिने हुनाले उक्त कार्यको विरुद्धमा आम नागरिक र  व्यवसायीहरूले साथ दिनुहुन्छ भन्ने अपेक्षा गरेका छौँ ।’

ओलीको निर्वाचन क्षेत्र अन्तर्गत दमक नगरपालिका, गौरादह नगरपालिका, कमल गाउँपालिका,  गौरीगञ्ज  गाउँपालिका पर्दछन्  । यी सबै क्षेत्रमा भोलि बिहीबार अत्यावश्यक बाहेकका सबै यातायात सेवा, शैक्षिक संस्थाहरू साथै सम्पूर्ण व्यापार  व्यवसाय बन्द गरिने उनले बताए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ