arrow

गहुँ खेतमा महिलाको बेवारिसे शव फेला

logo
प्रकाशित २०७७ माघ २१ बुधबार
bebarise-sab.jpg

सर्लाही । सर्लाहीको कविलासी नगरपालिकामा एक महिलाको बेवारिसे शव फेला परेको छ । कविलासी नगरपालिका–६, मदनपुरमा एक महिला मृतावस्थामा फेला परेको सर्लाही प्रहरीले जानकारी दिएको छ । अन्दाजी ६५ वर्षिया नाम थर नखुलेको मधेसी मूलको जस्तो देखिने एक महिलाको शव बरामद भएको प्रहरीले जानकारी दिएको छ ।

महिलालाई मदनपुरस्थित गहुँ खेतबाट मृत अवस्थामा फेला पारेको र नाम थर थाहा पाउन नसक्दा पहिचानमा समस्या भइरहेको सर्लाही प्रहरी प्रवक्ता डिएसपी मदन कुँवरले जानकारी दिए ।

सोमबार बरामद गरिएको मृत महिलाले रातो पहेँलो रङ्गको सारी लगाएको र शव अहिले पोस्टमार्टम गरी जिल्ला अस्पताल सर्लाहीको शव गृहमा राखिएको र कसैका आफन्त हराई रहेका भए प्रहरी कार्यालयमा आई शव पहिचान गरी प्रहरीलाई सहयोग गरिदिन डिएसपी कुँवरले सम्पूर्णमा आह्वान गरेका छन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ