arrow

बिर्तामोडमा बसको ठक्करले पैदल यात्रीको मृत्यु

logo
प्रकाशित २०७७ माघ २० मंगलबार
accident-1.jpg

झापा। पूर्वपश्चिम राजमार्गस्थित बिर्तामोड नगरपालिकामा आज सवारी दुर्घटना हुँदा एक पैदल यात्रीको मृत्यु भएको छ । मृत्यु हुनेमा बिर्तामोड नगरमा मागिखाने ३२ वर्षीय सागर मिश्र रहेको प्रहरीले जनाएको छ । 

पूर्वबाट पश्चिमतिर जाँदै गरेको ना ६ ख १५२० नम्बरको बसले दक्षिणबाट उत्तरतिर बाटो काट्दै गरेका पैदल यात्री मिश्रलाई ठक्कर दिएको थियो । 

ठक्करबाट सख्त घाइते भएका मिश्रलाई उपचारका लागि नजिकैको बिर्ता सिटी हस्पिटल लगिएको थियो । अस्पताल पुर्‍याउन साथ उनलाई डाक्टरले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता राकेश थापाले बताए । 

बसका चालक बिर्तामोड–७ का ३८ वर्षीय रवि पाठकलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय अनारमनीले जनाएको छ ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ