arrow

प्रचण्डविरुद्ध सर्वोच्चमा अवहेलनाको मुद्दा दर्ता, मंगलबारका लागि पेशी तोकियो

logo
प्रकाशित २०७७ माघ १९ सोमबार
prachanda-birodh-aabhas.jpg

काठमाडौं । विराटनगरमा भएको सभामा दिएको अभिव्यक्तिविरुद्ध विभाजित नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई अवहेलनाको मुद्दा दर्ता भएको छ ।

अधिवक्ता समिर हायूले मुद्दा दर्ता गरेका हुन्। मुद्दाको पेशी मंगलबारका लागि तोकिएको छ। प्रचण्डले शुक्रवार विराटनगरको आमसभामा- ‘सारा देशले सुने हुन्छ सर्वोच्च अदालतले अन्यथा फैसला गरेमा हामी सभामुखमार्फत प्रतिनिधिसभा बैठक बोलाएर केपी ओलीलाई कारबाही गर्नेछौं । हामीलाई अदालतप्रति विश्वास छ तर पनि जनताको अदालतनै ठूलो हो’ भनेका थिए ।

यसअघि प्रधानमन्त्री केपी शर्मा ओली र चार पूर्व प्रधानन्यायाधीशविरुद्ध अदालतको अवहेलना मुद्दा परिसकेका छन्। ओली, पूर्व सभामुख दमनाथा ढुंगाना र पूर्व प्रधानन्यायाधीशहरु अनुपराज शर्मा, मीनवहादुर रायमाझी, कल्याण श्रेष्ठ र सुशीला कार्कीविरुद्धको अवहेलना मुद्दामा आफैं लिखित जवाफसहित उपस्थित हुन अदालतले आदेश दिइसकेको छ ।

अदालतमा विचाराधीन प्रतिनिधि सभा विघटनसम्बन्धी मुद्दामा अदातलको अपहेलना हुने गरी अभिव्यक्ति दिएको भन्दै उनीहरु विरुद्ध मुद्दा दर्ता गरिएका हुन्। 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ