arrow

संसद विघटनमाथिको रिटमा सुनुवाइ: सोमबारबाट विपक्षीको बहस

logo
प्रकाशित २०७७ माघ १८ आइतबार
supreme.jpg

काठमाडौं। संसद विघटनका विषयमा सर्वोच्च अदालतमा परेका रिटमाथि सोमबारदेखि सरकार पक्षकातर्फबाट बहस हुने भएको छ । प्रधानन्यायाधिश चोलेन्द्रशमशेर राणाको नेतृत्वमा भइरहेको संवैधानिक इजलाशको सुनुवाइमा संसद विघटन बिरुद्ध दायर १३ वटा रिटमाथि बहस हुँदै आएको छ । 

आइतबार सबै रिटमाथिको निवेदक पक्षको बहस सकाएर भोलीबाट इजलाशमा सरकार पक्षको बहस सुरु गरिने तयारी भएको हो । सो बारे प्रधानन्यायाधिश राणाले इजलाशमा नै जानकारी गराएका हुन् । रिट निवेदनमा प्रधानमन्त्री कार्यालय र राष्ट्रपतिको कार्यालयलाई विपक्षी बनाइएको थियो ।  

सोमबारबाट सुरु हुने विपक्षीतर्फको बहसमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालय र राष्ट्रपतिको कार्यालयका तर्फबाट महान्यायाधिवक्ता कार्यालयले बहस गर्नेछ । यस्तै केही निजी कानुन व्यवसायीसमेत बहसमा सहभागी हुने छन् । 

गत पुस ५ मा सरकारले संसद विघटन गरेपछि त्यसविरुद्ध सर्वोच्च अदालतमा १३ वटा रिट दायर भएका थिए ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ