arrow

जोक्स कम्पिटिशनको निर्णायकमा बुद्धि तामाङ

logo
प्रकाशित २०७७ माघ १६ शुक्रबार
buddhi_tamang.jpg

काठमाडौं । विश्वभर छरिएर रहेका प्रतिभावान कलाकारहरुलाई प्रोत्साहन गर्ने उद्देश्यले ‘नेपाली अनलाइन रमाइलो जोक्स कम्पिटिशन २०२१’  आयोजना हुने भएको छ ।

चर्चित हाँस्य कलाकार बुद्धि तामाङ निर्णायक रहेको ‘नेपाली अनलाइन रमाइलो जोक्स कम्पिटिसन २०२१’ सिजन १ को सुरुवात गरिएको हो । बुद्धिका अलावा हाँस्य कलाकार दिलिप गुरुङ  र भानु तिवारी निर्णयक रहेको कार्यक्रम रिदम स्क्रिनको प्रस्तुतिमा तयार भएको हो ।

कार्यक्रम नेपाली साहित्य, संगीत र कलामा क्रियासिल संगीतकर्मीहरुले आयोजना गरेका हुन्। कार्यक्रममा सहभागी हुन् प्रतियोगीहरुले रमाइलो जोक्स कम्पिटिशन नामक वेवसाइटमा गएर निःशुल्क फारम भर्न सक्छन् । अथवा रिदम स्क्रिनको आधिकारिक फेसबुक पेज वा ईन्स्टग्राम मार्फत पनि सहभागिता जनाउन सकिने आयोजकले जनाएको छ । 

कार्यक्रममा पहिलो हुने विजेताले ती हजार डलर, दोस्रो हुनेले दुई हजार डलर र तेस्रो हुनेले एक हजार डलर नगदसहित ट्रफी र प्रमाणपत्र पाउने छन्।

प्रतियोगितामा सहभागिता जनाउन जनवरी ८ देखि  फेब्रअरी २८ सम्म प्रतियोगीहरुले आवेदन दिन सक्ने कार्यक्रमका उत्पादक तथा निर्देशक कमल राईले जानकारी दिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ