arrow

नरेन्द्र मोदीपछि भारतको प्रधानमन्त्री को ? 

logo
प्रकाशित २०७७ माघ १६ शुक्रबार
modi-adityanath-soniya-rahu.jpg

काठमाडौं । भारतीय प्रधानमन्त्री निकै नै लोकप्रिय भएका छन् । लगातार दोस्रो कार्यकाल खाइरहेका मोदीलाई इतिहासमै सबैभन्दा बढी मन पराइएका प्रधानमन्त्रीका रुपमा नागरिकले मत हालेका छन् । मोदीपछि मात्रै अटलविहारी बाजपेयी र ईन्दिरा गान्धी रहेका छन् । 

मोदीपछि कसलाई प्रधानमन्त्रीका रुपमा देख्न चाहन्छन् भारतीय जनता ? हालै गरिएको एक सर्भे अनुसार भारतीय जनताले मोदीपछि योगी आदित्यनाथलाई प्रधानमन्त्रीका रुपमा देख्न चाहेका छन् । 

योगी हाल उत्तरप्रदेशका मूख्यमन्त्री छन् । इन्डिया टुडे र कार्भी इन्साइट्सको ‘मुड अफ द नेसन’ सर्भे अनुसार मोदीपछि आदित्यनाथलाई प्रधानमन्त्रीका रुपमा देख्न चाहेका हुन् । 

यो सर्भे ३ जनवरीदेखि १३ जनवरीको अवधिमा १२ हजार २३२ जना मानिसँग गरिएको थियो । यसमा ६७ प्रतिशत ग्रामिण भेगका र ३३ प्रतिशत शहरी भेगका मानिसहरु हुन् । 

यो सर्भे अनुसार फेरि पनि मोदीले तेस्रो कार्यकाल खाउन् भन्ने पक्षमा मानिसहरु रहेको पाइएको छ । तर मोदीपछि भने आदित्यनाथ आएको हेर्ने धेरैको इच्छा छ । 

३८ प्रतिशतले फेरि पनि मोदी नै भएको र मोदी पछि आदित्यनाथ भएको हेर्न चाहने १० प्रतिशत मानिस रहेका छन् । 

प्रमुख प्रतिपक्ष दल कांग्रेसका नेता राहुल गान्धीलाई ७ प्रतिशत जनताले अबको प्रधानमन्त्रीका रुपमा हेर्न चाहेका छन् । दिल्लीका मूख्यमन्त्री अरविन्द केजरीवाललाई ५ प्रतिशतले हेर्न चाहेका छन् । 

त्यस्तै सोनिया गान्धी र ममत बनर्जीलाई ४–४ प्रतिशतले तथा प्रियंका गान्धीलाई ३ प्रतिशतले हेर्न चाहेका छन् । राजनाथ सिंहलाई ३ प्रतिशतले प्रधानमन्त्रीका रुपमा हेर्न चाहेका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ