arrow

प्रधानमन्त्री ओलीविरुद्ध सर्बोच्चमा मानहानीको मुद्दा दर्ता

logo
प्रकाशित २०७७ माघ ११ आइतबार
kp-sharma-oli-final.jpg

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध सर्बोच्च अदालतमा मानहानीको मुद्दा दर्ता भएको छ ।

प्रतिनिधिसभा विघटनबिरुद्ध संवैधानिक इजलासमा बहस गरेका बरिष्ठ अधिवक्ता कृष्णप्रसाद भण्डारीलाई अपहेलना गरेको भन्दै अर्का बरिष्ठ अधिवक्ता कुमार शर्मा आचार्यले अपहेलना मुद्दा दर्ता गरेका हुन ।

अपहेलना मुद्दाको निवेदनमा इजलासमा बहस गरिरहेका बरिष्ठ अधिवक्ता भण्डारीलाई अपमानजनक ढंगले प्रहार गरिएको भन्दै प्रधानमन्त्रीमाथि सजायको माग गरिएको छ ।

निवेदनमा प्रधानमन्त्रीले सार्वजनिक रुपमै हाँस्यको पात्र बनाई अदालत, इजलास र कानून व्यवसायीलाई अपमान गरेको दावी गरिएको छ।

निवेदनमा भनिएको छ–‘प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्धा संवैधानिक इजलासमा विचाराधीन रहेका बेला रिट निवेदकको तर्फबाट बहस गर्नुहुने बरिष्ठतम अधिवक्ता ९५ बर्षका कृष्णप्रसाद भण्डारीले गरेको बहसलाई लिएर केपी ओलीका नामबाट चिनिने खड्गप्रसाद ओलीले ‘एकजना बाजे वकिल’ लाई समेत लिएर गएछन् तमाशा देखाउन’ भन्दै सर्वोच्च अदालतमा भएको बहसलाई ‘तमाशा’ र अदालतमा बहस गर्ने कानून व्यवसायीलाई ‘बाजे’ र ‘लिएर गएछन्’ भन्नेजस्तो निन्दनीय शव्द प्रहार गरेकाले संविधानको धारा १२८ को उपधारा ४ बमोजिम अदालत र इजलासको अपहेलना भएको छ । अदालत र कानून व्यवसायीलाई हास्यको पात्र बनाएकाले उहाँलाई अदालतको अपहेलना मुद्धामा सजाय पाउन सादर अनुरोध गर्दछु ।’



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ