arrow

मोदी भारतका अहिलेसम्मकै उत्तम प्रधानमन्त्री, योगी लोकप्रिय मूख्यमन्त्री

logo
प्रकाशित २०७७ माघ ९ शुक्रबार
modi-yogi.JPG

काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी भारतकै सबैभन्दा उत्तम प्रधानमन्त्री बन्न सफल भएका छन् । भारतमा गरिएको एक सर्वे अनुसार मोदी अहिलेसम्मकै सबैभन्दा उत्तम प्रधानमन्त्री बन्न सफल भएका हुन् । 

त्यसैगरी उत्तर प्रदेशका मूख्यमन्त्री योगी आदित्यनाथ सबैभन्दा लोकप्रिय मूख्यमन्त्री बन्न सफल भएका छन् । कोरोना भाइरसको महामारीसँग लड्ने क्षमतामा कौशल तथा सीमामा चीनसँग कडा टक्कर लिन सफल भएसँगै मोदीलाई अहिलेसम्मकै उत्कृष्ट भारतीय प्रधानमन्त्री बताइएको हो । 

इन्डिया टुडे र कार्वी इनसाइट्सको मुड अफ द नेशन पोलका अनुसार ३८ प्रतिशत सर्वेमा सहभागीले मोदी अहिलेसम्मकै सबैभन्दा उत्तम प्रधानमन्त्री मानेका छन् । 

१८ प्रतिशतले अटल बिहारी वाजपेयीलाई, ११ प्रतिशतले इन्दिरा गान्धीलाई र ८ प्रतिशतले जवाहरलाल नेहरूलाई सबैभन्दा उत्तम प्रधानमन्त्री मानेका छन् । 

सर्वेमा अलग अलग राज्यमा सरकारको शासनसँगै उत्कृष्ट प्रदर्शन गर्ने मूख्यमन्त्रीलाई लिएरसमेत चासो भएको छ । उक्त सर्वेमा उत्तरप्रदेशका मूख्यमन्त्री योगी आदित्यनाथ सबैभन्दा लोकप्रिय भएका छन् । 

सर्वेमा उनले सबैभन्दा बढी २५ प्रतिशत मत पाएका छन् । उनले सबैभन्दा राम्रो काम गरेको दाबी गरिएको छ । दोस्रो नम्बरमा दिल्लीका मूख्यमन्ख्त्री अरविन्द केजरीवाल परेका छन् । 

उनलाई १४ प्रतिशतले मन पराएका छन् । तेस्रो नम्बरमा पश्चिम बंगालकी मूख्यमन्त्री ममता बनर्जी रहेकी छिन् । उनलाई ८ प्रतिशतले मन पराएका छन् । 

यता सर्वे अनुसार मोदी सरकार–२ मा सबैभन्दा मन पराइएका मन्त्री गृहमन्त्री अमित शाह भएका छन् । उनलाई ३९ प्रतिशतले मन पराएका छन् । दोस्रो नम्बरमा रक्षा मन्त्री राजनाथ सिंह रहेका छन् । उनले १४ प्रतिशत मत पाउँदा तेस्रो नम्बरमा मन्त्री नितिन गडकरी रहेका छन् ।  



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ