arrow

सिरम इंस्टिच्युटमा आगलागी, पाँचको मृत्यु

logo
प्रकाशित २०७७ माघ ९ शुक्रबार
Serum-fire.jpg

काठमाडौं । भारतको पुणेमा सिरम इंस्टिच्युट अफ इन्डिया (एसआईआई) मा आगलागी हुँदा ५ जनाको ज्यान गएको छ । एसआईआईको टर्मिनल–१ को चौथो र पाँचौं तलामा आगलागी हुँदा उनीहरुको ज्यान गएको हो । 

उक्त घटनाबाट ९ जना कर्मचारीलाई सुरक्षित निकालिएको छ । आगो बीसीजी भ्याक्सिन ल्याबमा लागेको थियो । आगो नियन्त्रणमा लिएपछि तलासी गर्दा ५ जनाको शव जलेको अवस्थामा भेटिएको थियो । 

मृतकहरु प्लान्टमा काम गर्ने मजदूर थिए । एसआईआईका सीइओ अदार पुनावालाका अनुसार कोरोना भाइरस विरुद्धको भ्याक्सिन उत्पादन गरिरहेको भए पनि कोभिशिल्डसँग यसको कुनै सम्बन्ध छैन । 

आगलागीले कोभिशिल्ड उत्पादनमा कुनै असर पर्ने छैन । उक्त प्लान्टको गत वर्ष केन्द्रीय स्वास्थ्यमन्त्री डा( हर्षवर्धनले उद्घाटन गरेका थिए । 

महाराष्ट्रका मुख्यमन्त्री उद्धव ठाकरेले यो भवनमा बीसीजीको भ्याक्सिन बन्ने गरेको र कोभिशिल्ड भ्याक्सिनसँग सम्बन्धित नरहेको बताए । आगो लाग्नुको कारणको जाँच हुने उनलेब ताएका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ