arrow

संसद विघटनको मुद्दामा बहस जारी : मंगलबार सकियो, अब बुधबार सुनुवाइ

logo
प्रकाशित २०७७ माघ ६ मंगलबार
supreme.jpg

काठमाडौं । प्रतिनिधि सभा विघटन विरुद्ध सर्वोच्च अदालतमा जारी संवैधानिक इजलासमाथिको बहस मंगलबारका लागि सकिएको छ । मंगलबार रिट निवेदकका तर्फबाट अधिवक्ताहरु शिवकुमार यादव, शेरबहादुर ढुंगाना, हर्कबहादुर रावल, रुद्र शर्मा र चन्द्रकान्त ज्ञवालीले बहस गरेका छन् ।

मंगलबारको सुनुवाईका क्रममा प्रधानन्यायाधिश चेलेन्द्रशमशेर राणाले ‘यदि अदालतबाट संसद पुर्नस्थापना भएमा र फेरि प्रधानमन्त्रीले संसदमा गएर प्रक्रियाअनुसार विघटन गरेमा हामीले कस्तो हल गर्ने ?,’ भनी बहसमा सहभागी अधिवक्तालाई प्रश्न समेत सोधेका थिए ।

सो क्रममा बहसमा रहेका अधिवक्ता हर्क रावलले प्रधानमन्त्री केपी शर्मा ओलीको कदम असंवैधानिक रहेको बताउँदै संसद पुर्नस्थापनामा नै जोड दिदै धारणा राखेका थिए ।

मंगलबारको बहसमा सहभागि अन्य अधिवक्ताहरुले समेत प्रधानमन्त्री ओलीले संविधानमा हुँदै नभएको अधिकार प्रयोग गरि असंवैधानिक रुपमा संसदमाथि आक्रमण गरेको भन्दै बहस गरेका थिए । उनीहरुले अदालत प्रति जनताको आशा र भरोसा रहेकाले जनताले अदालतमा भइरहेको सुनुवाइलाई नियालिरहेको समेत भनेका छन ।

मंगलबारको इजलासमा अधिवक्ता ज्ञवालीले बहस गर्दै गर्दा मुद्दा हेर्दाहेर्दैमा राखिएको हो । जारी संवैधानिक इजलास माथिको बहस अब भोलि बुधबार हुने छ । बहसमा सहभागि हुन  तीन सय बढीले नाम टिपाएका छन ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ