arrow

हिटर बालेर सुतेका वृद्धको आगलागीमा परी मृत्यु 

logo
प्रकाशित २०७७ माघ ६ मंगलबार
fire-final.jpeg

काठमाडौं । राजधानीमा आगलागी हुँदा जलेर एक जनाको मृत्यु भएको छ । कलङ्कीस्थित खड्का गाउँमा आगलागी हुँदा एक वृद्धको ज्यान गएको हो । विद्युतीय हिटर बालेर सुतेका ८६ वर्षका शिवराम खड्काको जलेर ज्यान गएको प्रहरीले जनाएको छ ।

हिटर बालेर सुतेकै बेला विद्युत सर्ट भएर आगलागी हुँदा उनको ज्यान गएको महानगरीय प्रहरी वृत्त कालीमाटीले जनाएको छ । 

घरमा रहेका अरु मानिसले जलेको गन्ध आएपछि मात्रै दुर्घटनाबारे थाहा पाएका थिए । 

परिवारका मानिसहरु घरको दोस्रो तलामा जलेका खड्कालाई हेर्न जाँदा उनको ज्यान गइसकेको थियो । त्यसपछि उनीहरुले प्रहरीलाई खबर गरेका थिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ