arrow

फिल्म सुपरहिट भए पनि सलमानले पाएनन् काम , बेरोजगार छोरालाई बाबुले गरे सिफारिस

logo
प्रकाशित २०७७ माघ ४ आइतबार
salman-khan.png

काठमाडौं । बलिउड सुपरस्टार सलमान खानले डिसेम्बर २७ मा ५५ औँ जन्मदिन मनाए । सलमानलाई कुनै पहिचानको आवश्यक पर्दैन। उनी  जसको टाउकोमा हात राख्छन् उसको भाग्य बनाइदिन्छन् ।

सलमानको पूरा नाम अब्दुल रशीद सलीम सलमान खान हो। सलमान आफ्ना पाँच भाई बहीनि मध्ये जेठा हुन् । सलमान, अरबाज, सोहेल, अलविरा र अर्पिताका दाजु हुन् ।

सलमानका बुबा सलीम खान हिन्दी सिनेमाका चर्चित लेखक हुन् र आमा सुशीला चरक उर्फ ​​सल्मा गृहिणी हुन्। साथै सलमानकी दोस्रो आमा हेलेन पनि आफ्नो समयमा चर्चित डान्सर थिइन् ।  

स्कूल सकिसकेपछि सलमान खानले कलेजमा प्रवेश लिए तर बिचैमा कलेज छोडे।

सलमान खानको जीवन धेरै विवादास्पद रहेको छ तर उनले मानिसहरूलाई सँधै सहयोग पनि गरेका छन्। यसै कारण सलमान खानले 'बीइंग ह्युमन' भन्ने आफ्नो संस्था पनि सुरु गरे जसमा उनले समस्यामा परेका मानिसहरूलाई सहयोग गर्दछन्।

 सलमान खान एक बलिउड स्टार हुन्  जसको स्टारडम फिल्ममा मात्र नभई उनको वास्तविक जीवनमा पनि देखिन्छ।

सलमानका संसारभर फ्यान रहेका छन् ।  तर धेरैलाई थाहा नहुनसक्छ सुपरहिट फिल्म 'मेने प्यार किया' पछाडि पनि सलमान छ महिनासम्म खाली बेरोजगार थिए। त्यसपछि उनका बुबाले पारिश्रमिक बढाउन जीपी सिप्पीसँग फिल्मको घोषणा गरेका थिए।

एक अन्तर्वार्तामा सलमानले भनेका थिए, "मैले आफ्नो करियरको सुरुमा धेरै धक्का खाए । सुरुमा जब म मानिससँग अभिनयका लागि रोल माग्न जान्थे, कसैले म नायक बन्नको लागि कम उमेरको भए भनेर भन्थे, तब कसैले उमेर भन्दा ठूलो भने'

सलमान भन्छन्- एक दुई वर्षको संघर्षपछि फिल्म 'मेने प्यार किया ' पाए। जब मैले त्यो फिल्म साइन इन गरे, मानिसहरूले मलाई मैले यो फिल्म गर्नु हुँदैन भनेर डर देखाए । तर त्यो चलचित्र सफल भयो  मेरो करियर अघि बढ्यो। मलाई लाग्छ केहि बन्नको लागि सही समय सहिठाउँ र भाग्य एकैसाथ काम गर्छ ।

आज सलमान खान बलिउडको यति ठूलो सुपरस्टार हुन् तर उनी वास्तवमा एक कलाकार बन्न नचाहि लेखक बन्न चाहन्थे। सलमानले फिल्म 'बागी' को कथामा लेखन सहयोग रहेको छ। यस बाहेक सलमानले अरु दुई फिल्मको कथा पनि लेखेका छन्। एक सुपरहिट लेखकको छोरा भएर पनि सलमानले कहिल्यै आफ्ना बुबा सलीम खानको नाम प्रयोग गरेनन्।

साथै सुपरस्टार सलमानको शौकहरू पनि अनौंठो छ। सलमानलाई साबुन मनपर्छ। यही कारण विभिन्न प्रकारका साबुनहरू उनको बाथरूममा राखिएको छ ।  तर सबैभन्दा अचम्मको कुरा सलमानलाई 'ट्राइजेमिनल न्यूरेल्जिया' भन्ने रोग रहेको छ। यो रोगलाई सुसाइड डिजीज पनि भनिन्छ।

सलमान कुनै पुरस्कारमा विश्वास गर्दैनन्। दर्शकको प्रेम उनका लागि ठूलो पुरस्कार हो। दबंग २, एक था टाइगर, दबंग, वान्टेड, रेडी र बडीगार्ड जस्ता चलचित्रहरूको सफलताले सलमानले बलिउडलाई नयाँ परिभाषा दिए । यीनै चलचित्रबाट सलमान खानलाई अहिले सबैभन्दा ठूलो स्टार मानिन्छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ