arrow

ओलीले भने–मोदी चिनफिङलाई वार्तामा बस्न आग्रह गर्छु  

आफूले नेतृत्व गरेको नेकपाको समूह नै बहुमतको पार्टी बन्ने दाबी

logo
प्रकाशित २०७७ पुष २८ मंगलबार
oli-zee.JPG

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी बैशाखका लागि सरकारले तय गरेको निर्वाचनमा आफूले नेतृत्व गरेको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को समूह नै बहुमतको पार्टी बन्ने दावी गरेका छन् । 

भारतीय टेलिभिजन च्यानल जीन्यूजसँगका सुधिर चौधरीलाई दिएको अन्तर्वार्तामा ओलीले बहुमत हासिल गर्न नसके आफ्नो पार्टी सबैभन्दा ठूलो पार्टी भने बन्ने दावी गरेका हुन् । 

ओलीले भारत र चीन बीचको सम्बन्ध सुधारका लागि वार्तामा बस्न भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र चिनियाँ राष्ट्रपति सी चिनफिङलाई आग्रह गर्ने बताउँदै आफूहरु साथीसाथी नै रहेको समेत जिकिर गरे । 

वार्ताका लागि पनि ओलीको बैशाखपछि सरकार हुनुपर्यो नि ? भन्ने प्रश्नमा ओलीले  आफ्नो पार्टीले बहुमत ल्याउने बताएका हुन् । 

चुनावपछि पनि सरकारको नेतृत्व आफूले नै गर्नुपर्ने हुन सक्ने ओलीले बताए । ‘यसैले मैले सबै साथीहरुलाई आश्वस्त गराउन चाहन्छु’ भनेका छन् ।

चुनावपछि नेपाल–भारत सम्बन्धलाई अझै उचाइमा पुर्याउनका लागि आफूले अझै बढी योगदान दिन सकिने पनि बताए ।  

चौधरीले क्रिकेटमा नेपाल अम्पायर हुँदा भारतका खेलाडीलाई आउटको औंला उठाउने र चीनका खेलाडीप्रति नरम भएको भन्ने प्रश्नमा ओलीले त्यस्तो नभएको पनि स्पष्ट पारेका छन् । यो हुनै नसक्ने ओलीले बताए । दुवै छिमेकी देशमा सौहार्द र समस्यारहित सम्बन्ध चाहेको पनि बताए । उनले एक उदाहरण दिँदै भने, ‘यदि हात्ती लडे भने मैदानको नोक्सान हुन्छ र हात्ती मिले भने नोक्सान मैदानकै हुन्छ ।’ उनले भने, ‘हात्ती मिले नोक्सान मैदानकै हुन्छ भन्ने भनाई हटाइदिएर हात्ती लडे भने नोक्सान त मैदानकै हुन्छ । दुई ठूला छिमेकी देश लड्न थाले भने त्यसको नकारात्मक असर त हामीलाई पर्छ नै ।’

ओलीले देशहरुले आफूले नै विकास गर्नुपर्ने नयाँ विकासको योजना आएको भन्दै आफै विकास गर्नका लागि शान्ति, मित्रता चाहिने बताए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ