arrow

नेकपा ओलीका केन्द्रीय समितिमा १५ सय सदस्य

logo
प्रकाशित २०७७ पुष २४ शुक्रबार
oli-ncp.jpg

काठमाडौं । पूर्व माओवादीको अनुसरण गर्दै सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी नेकपा ओली समूहले आफ्नो केन्द्रीय कमिटी निक्कै भद्धा बनाएको छ । प्रचण्ड माधव नेपाल समूहका कार्यकर्ता आफ्नो समूहमा तान्ने उदेश्यले केन्द्रीय कमिटीलाई भद्दा र जम्बो बनाइएको छ । नेकपा ओली समूहले दिएको जानकारी अनुसार अब केन्द्रीय सदस्यहरुको संख्या नै एक हजार पाँच सय एक हुनेछन् । पुस ९ गते बसेको केन्द्रीय कमिटीको बैठकले विधान संशोधन गर्दै केन्द्रीय कमिटीको संख्या बढाएको हो । 

विभाजन भएपछि बनेको ओली समूहले सबै कमिटीमा साविकको संख्यामा बढाउदै लाने भएको छ । विधान संशोधन गर्दै ओली समूहले केन्द्रीय कमिटी नै एक हजार पाँच सय १ को बनाउने तयारी गरेको हो । पार्टी विभाजन भएपछि ओली समूहले पुस ७ गते बसेको केन्द्रीय कमिटी बैठकबाट विधान संशोधन गर्दै एक हजार १ सय ९९ सयको बनाउने निर्णय गरेको थियो । तर दुई दिन पछि अर्थात पुस ९ गते बैठकबाट भने त्यसलाई बढाएर १ हजार पाँच सय १ जनाको केन्द्रीय कमिटी बनाउने निर्णय गरेको हो । ओली समूहले तल्लो तहमा दाहाल नेपाल समूहमा रहेका नेताहरुलाई आकर्षित गर्न पनि केन्द्रीय कमिटी जम्बो बनाएको हो । धेरैजसो नेता कार्यकर्ता दाहाल नेपाल समूहमा लागेका कारण उनीहरुलाई केन्द्रीय सदस्य दिएर भएपनि आफ्नो समूहमा ल्याउने प्रयासमा लागेको स्रोतको दावी छ । 

ओली समूहले केन्द्रीय सदस्यहरुको संख्या थप गरिरहेको छ । पूर्व माओवादी समूहका धेरै जसो नेताहरुलाई केन्द्रीय सदस्यको जिम्मेवारी दिएर पार्टीमा ल्याउने नीति अघि सारिरहेको छ । पूर्व माओवादीको व्रिगेड कमाण्डरहरु, डिभिजन कमाण्डरहरुलाई ओली समूहले केन्द्रीय सदस्य दिने प्रस्ताव गरिरहेको छ । पूर्व माओवादीका तर्फबाट रामबहादुर थापा, टोपबहादुर रायमाझी, मणी थापा, दावा तामांङ लगायतले यसको संयोजन गरिरहेका छन् । कालीबहादुर खाम र धनबहादुर मास्कीले दुई चरणमा प्रधानमन्त्री ओलीले कुराकानी समेत गरिसकेका छन् । अहिले केन्द्रीय सदस्य रहेका बालकृष्ण ढुंगेलले पनि पूर्व माओवादीका नेताहरुलाई ओली समूहमा तान्न प्रयास गरिरहेका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ