arrow

चिनियाँ कम्युनिस्ट पार्टीको निगरानीमा रहेका ज्याक मा दुई महिनादेखि सम्पर्क विहिन

logo
प्रकाशित २०७७ पुष २० सोमबार
jack-ma.jpg

काठमाडौं । चिनियाँ अर्बपती ज्याक मा दुई महिनादेखि कसैको सम्पर्कमा नरहेको बताइएको छ ।गत अक्टोबर २४ मा ज्याक माले चिनियाँ वित्तिय प्रणाली औद्योगिक युगको विरासत रहेको तर, यो पूरानो भएको भन्दै सुधार गर्दै नयाँ स्थापना गर्नु पर्ने टिप्पणी गरेका थिए ।

अनलाइन किनमेल कम्पनी अलिबाबाका संस्थापक समेत रहेका विश्वबिख्यात उद्यमी मालाई सि जिनपिङ नेतृत्वको चिनियाँ कम्युनिस्ट पार्टी (सीसीपी)ले त्यतिबेला देखि निगरानीमा राखेको थियो ।

अक्टोबरदेखि नै ज्याकमा सार्वजनीक स्थानमा नदेखिएको विभिन्न अन्तराष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

गत नोबेम्बरमा  उनको आफ्नौ ट्यालेन्ट सो अफ्रिका नेट पुरस्कार पहलमा समेत ज्याक मा सहभागी नभएको पाइएको छ । ज्याक मा आफैले अफ्रिकाका उद्यमीलाई प्रोत्साहन गर्नका लागि १० वर्षका लागि यो ट्यालेन्ट सोको आयोजना गरेका थिए ।

ज्याक मा यो सोका जज समेत रहेका थिए । तर यस वर्ष उनी त्यहाँ सहभागी भएनन् । अलिबाबाका कार्यकारी अधिकारीले भने व्यस्तताका कारण मा सहभागि हुन नसकेको बताएका थिए ।

चिनियाँ कम्युनिस्ट पार्टीको निगरानीमा रहेका ज्याक मा यसरी लामो समयदेखि सम्पर्कमा नरहँदा यो विषयलाई अन्तराष्ट्रिय स्तरमा चासोका साथ हेरिएको छ ।

चीनमा सबै जसो कम्पनीहरुमाथि कम्युनिस्ट पार्टीको हस्तक्षेप हुने र सरकारले आफ्नो नियन्त्रणमा राखि राख्ने आरोप छ ।

यस्तो स्थितीलाई सुधार गर्नुपर्छ भन्ने किसिमको टिप्पणी गरेको मालाई त्यसपछि सीसीपीले ठूलो झड्का दिएको थियो ।

गत नोबेम्बरमा सेयर बजारमा सुचिकृत हुन लागेको ३७ अर्ब अमेरिकी डलर बराबरको माको अर्को कम्पनी आन्ट ग्रुपलाई सीसीपीले रोक लगाएको थियो ।

त्यसपछि आन्ट ग्रुपका अधिकारीहरुलाई कम्युनिस्ट पार्टीका नियामकहरुले भेटेर विभिन्न किसिमका सुधारात्मक शर्त राख्दै ती शर्त पूरा गरेमा मात्रै सेयरबजारमा सुचिकृत हुनसक्ने बताएका थिए ।

चिनियाँ कम्युनिस्ट पार्टीले अलिबाबामाथि समेत एकाधिकारको आरोप लगाउँदै छानबिनको दायरामा राखेको छ ।  पछिल्लो समय ज्याक माको कम्पनी आन्ट  ग्रुप ठूलो घाटामा गएको बताइएको छ ।

चिनियाँ कम्युनिस्ट पार्टीले सरकारका नीतिविरुद्ध बोल्नेहरुलाई अपहरण गर्ने घटनाहरु सार्वजनीक हुँदै आएका छन् । हालैमात्र वुहानमा कोरोना भाइरसको माहामारीको रिपोर्टिंग गरेकी पत्रकार झांग झानलाई त्यहाँका अधिकारीहरुले पक्राउ गरेका थिए । लामोसमयपछि उनलाई केही दिनअघि मात्रै अदालतमा पेश गरिएको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ