arrow

संसट विघटन बिरुद्ध कांग्रेस

कांग्रेस नजरमा केपी ओली ‘चरम अनैतिक’, प्रचण्ड-माधव ‘अंशियार’

केपी ओली संविधानमाथी अपराध गर्ने मुलकर्ता

logo
हाम्राकुरा डेस्क,
प्रकाशित २०७७ पुष २० सोमबार
nc-party-office.png

काठमाडौं. नेपाली कांग्रेसले नेपाल कम्युनिष्ट पार्टी भित्र भइरहेका विवादलाई सत्ताको झगडाका रुपमा लिंदै दुबै पक्षलाई हेर्ने नजर एउटै रहेको सन्देश दिएको छ । संसद विघटन बिरुद्ध आइतबार पार्टी केन्द्रिय समिति बैठकबाट एकमतका साथ आन्दोलन घोषणा गरेको कांग्रेसले सत्तारुढ नेकपा भित्र विवादका घटनाहरु देखिए पनि नेकपा एउटै रहेको र विभाजित देखिएका भनिएका समूहलाई हेर्ने नजर पनि एउटै रहेको सन्देश दिएको हो ।

कांग्रेसले आइतबारको केन्द्रीय समिति बैठकबाट सरकारले गरेको संसद विघटनका विरुद्ध स्थानीय तहको सबैभन्दा तल्लो तह वडा स्तरबाटै विरोध कार्यक्रम आयोजना गर्ने सर्वसम्मत निणर्य गरेको थियो । सभापति शेरबहादुर देउवाको प्रस्तावमा वरिष्ठ नेता रामचन्द्र पौडेल र नेता कृष्णप्रसाद सिटौला आन्दोलनबारे सकारात्मक देखिएपछि कांग्रेसले सर्वसम्मत निणर्य गर्दै विरोध प्रदर्शनलाई स्थानीय तह हुँदै केन्द्रसम्म ल्याउने निर्णय लिएको हो ।

कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले कांग्रेस कम्युनिष्टका कुनै पक्षसँग पनि नजिक नरही आफ्नै ताकतबाट अघि बढ्ने बताए ।  कांग्रेस जे गर्छ आफैं गर्छ, आफैं आन्दोलनमा जान्छ, कम्युनिष्टहरुको भर हुँदैन, कांग्रेसले आफ्नै ताकतबाट आफ्नै नेतृत्वमा संसद विघटनको असंवैधानिक कदमको विरोध गर्छ, वरिष्ठ नेता रामचन्द्र पौडेलले हाम्राकुरासँग भने ।

कांग्रेस नेता गगन थापाले नेकपा आधिकारिक रुपमा एकै रहेको र कांग्रेसले हेर्ने नजर पनि एकै रहेको बताए । ' नेकपा अहिलेसम्म आधिकारिक रुपमा एउटै छ, कांग्रेसले उसलाई हेर्ने नजर पनि एकै छ, एउटै धारणा हुन्छ, नेकपाले जनविश्वास, जनमत र संविधानमाथी नै घात गर्‍यो, नेता थापाले भने । उनले सरकारको नेतृत्व गरेका केपी ओलीले संविधानमाथी नै सबै भन्दा ठूलो अपराध गरेको बताए ।

'केपी ओली संविधानमाथी अपराध गर्ने मुलकर्ता हुन, उनले संसद विघटन गरेर चरम असंवैधानिक, अलोकतान्त्रिक र अनैतिक काम गरे, थापाले भने । उनले नेकपाको अर्को समूह भनिएको प्रचण्ड-माधव पक्षले संसद विघटनका घटनामा असहमती राख्दै आएको देखिएपनि उनीहरु समेत सो घटनाको अंशियार रहेको बताए ।

'उहाँहरुले संसद विघटनमा असहमती त राख्दै हुनुहुन्छ, तर उहाँहरु पनि यो निणर्यको हिस्सा हो, अंशियार हो, क्षती उहाँहरुले पनि ब्यहोर्नु पर्छ, नेता थापाले कांग्रेसले नेकपालाई हेर्ने नजरका बारेमा धारणा राख्दै भने ।

तल्लो संरचनाबाटै विरोध

कांग्रेसले संसद विघटनको विरोधमा स्थानीय तहको सबैभन्दा तल्लो संरचना वडा तहबाटै विरोध गर्ने गरी दोस्रो चरणको आन्दोलन घोषणा गरेको हो। निणर्य अनुसार कांग्रेसले प्रदेश निर्वाचन क्षेत्र, देशभरका पालिका तथा ति पालिकाहरुका वडाहरुमा संसद विघटनको विरुद्ध विरोध प्रदर्शन गर्ने भएको हो ।

कांग्रेसले पहिलो चरणको आन्दोलन स्वरुप गत १३ पुसमा प्रतिनिधि सभातर्फका १ सय ६५ वटै निर्वाचन क्षेत्रमा संसद विघटनको शशक्त विरोध गरेको थियो । अहिले घोषित कार्यक्रम अनुसार दोस्रो चरण अन्तर्गत ३ सय ३० प्रदेश निर्वाचन क्षेत्र, ७ सय ५३ पालिका र ६ हजार ७ सय ४३ वडाबाट संसद विघटनको बिरोध गर्न लागेको हो ।

जसअनुसार आगामी २५ पुसमा ३ सय ३० वटै प्रदेश निर्वाचन क्षेत्रमा, ३ माघमा ७ सय ५३ पालिकामा र ८ माघमा ६ हजार ७ सय ४३ वडामा विरोध प्रदर्शन आयोजना हुनेछ ।

सबै शक्ति विरोधमा लगाइदैं

कांग्रेसले संसद विघटनलाई संघीय लोकतान्त्रिक गणतन्त्रात्मक संविधान भत्काउने र मुलुकलाई अस्थिरता, अनिश्चितता, अराजकता र असफलतातर्फ लैजाने गम्भीर षडयन्त्रमूलक कार्य भनेको छ । सरकारका कारण मुलुकमा उत्पन्न गम्भीर र असहज परिस्थिति बनेको र नेपाली जनता सामु बहुलवादमा आधारित संघीय लोकतान्त्रिक गणतन्त्रात्मक संसदीय शासन प्रणाली र संविधानको संरक्षण गर्दै मुलुकलाई सही मार्गमा डोर्‍याउन आफ्ना सबै प्रयत्न केन्द्रीत गर्ने कांग्रेस बैठकले निणर्य लिएको हो । 

भ्रष्टाचार र कुसासन बिरुद्ध पनि केन्द्रित

बैठकले संसद विघटनको असंवैधानिक कदमको विरोधसँगै व्याप्त भ्रष्टाचार, कोभिड१९ नियन्त्रण र व्यवस्थापनमा सरकारको असफलता र कुशासनको विरुद्ध जारी विरोध कार्यक्रमलाई अझ बढी प्रभावकारी र सशक्त बनाउने समेत भनेको छ ।

समायोजनको काम टुंगियो

बैठकले अन्य राजनीतिक दल समायोजन समितिले पार्टीमा विलय भएका राजनीतिक दल र विभिन्न जिल्लामा अन्य राजनीतिक दल परित्याग गरी प्रवेश गरेका अन्य दलका नेता, कार्यकर्ता तथा क्रियाशील सदस्यहरुको बारे पेश गरेको प्रस्तावलाई पारित गरेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ