arrow

सूचनाको हकका लागि राष्ट्रिय सञ्जालको कर्णाली प्रदेश समिति गठन

logo
जनक बहादुर शाही,
प्रकाशित २०७७ पुष १८ शनिबार
right_to_information.jpg

हुम्ला । कर्णाली प्रदेशमा सूचनाको हकका लागि राष्ट्रिय सञ्जालको प्रदेश समिति गठन भएको छ । कालीकोटका खगेन्द्र भट्टराईको संयोजकत्वमा ९ सदस्यीय प्रदेश समिति गठन भएका हो । कोभिड १९ का कारण सूचनाको हकका अभियन्ताहरुको भौतिक रुपमा भेला हुन नसके पनि जुम प्रबिधिको माध्यमबाट शनिबार सूचनाको हकका अभियन्ताहरुको प्रथम भेलाले भट्टराईको संयोजकत्वमा नौ सदस्यीय प्रदेश समिति गठन गरेको हो । 

जुम भेलाले सल्यानका प्रतीक इच्छुक शर्मालाई सह संयोजक बनाएको छ भने जाजरकोटका गणेश बानियाँलाई सदस्य सचिव तोकेको छ । सदस्यहरुमा सुर्खेतकी लक्ष्मी भण्डारी, हुम्लाका जनकबहादुर शाही, रुकुम पश्चिमका राजु लामिछाने, जुम्लाका केसी थापा, सल्यानका इन्द्र बहादुर वुढाथोकी, डोल्पाका सरोज थापा चयन भएका छन् । 

भेलामा बोल्दै सूचनाको हकका लागि राष्टिय सञ्जालका केन्द्रीय संयोजक उमिद वागचनले जनतालाई संविधानले सूचनाको हक ग्यारेन्टी गरेकाले सार्वजनिक, सरकारी निकायबाट भएका कामहरु जान्न पाउने अधिकारले सुशासनलाई वलियो वनाउने बताए ।

सुचनाको हकका लागि राष्टिय सञ्जाल कर्णाली प्रदेशको संयोजक खगेन्द्र भट्टराईले कर्णाली प्रदेशका सवै जिल्ला र स्थानीय तहमा सूचना हकका लागि अभियन्ताहरु बनाएर परिचालन गरिने बताए । प्रदेशका सवै जिल्ला र स्थानीय तहमा माघ पहिलो हप्तासम्म सूचनाको हकका लागि सक्रिय ब्यक्तिहरुलाई संगठित गरी समिति गठन गरिने भट्टराईले बताए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ