arrow

अल्पमत र बहुमत चुनावपछि देखिन्छ: प्रम ओली

'बैंक खाताबाट पैसा निकालेर गायब'

logo
प्रकाशित २०७७ पुष १७ शुक्रबार
oli-nation-address.jpg

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी विभाजनपछि प्रचण्ड–माधव समूहले बहुमतको दाबी सहित दल आधिकारिकताको माग गर्दै गर्दा अर्को समूहका अध्यक्ष केपी ओलीले भने बैशाखमा हुने निर्वाचनपछि अल्पमत र बहुमत प्रष्ट हुने बताएका छन् ।

शुक्रबार प्रवासी नेपाली एकता मञ्चसँगको भर्चुअल सम्मेलनलाई  सम्बोधन गर्दै प्रधानमन्त्री समेत रहेका ओलीले कोसँग अल्पमत र कोसँग बहुमत छ भन्ने आगामी बैशाखको निर्वाचनपछि प्रष्ट हुने बताए ।

सम्मेलनलाई सम्बोधन गर्दै ओलीले भने, ‘उहाँहरु बहुमत छ भनेर सडकमा कराइरहनु भएको छ, बहुमत अल्पमतको टुंगो अहिले हुन्न, चुनावपछि बहुमत को हो ?, अल्पमत को हो ? प्रमुख पार्टी को हो भन्ने प्रष्ट हुन्छ,  तपाई हामीले देख्ने छौं ।’

ओलीले केही नेतामा देश र जनताको चिन्ता भन्दा आफू ठूलो हुँ भन्ने चिन्ता बढेको बताए । ओलीले आफू वैधानिक रुपमा महाधिवेशबाट अध्यक्ष निर्वाचित भएको भन्दै पार्टी नफुटेको केही व्यक्ति मात्र सडकमा गएको बताए ।

‘देश, पार्टी र जनताको कुरामा चिन्ता छैन, सडकमा जाने मै ठूलो हुँ भनेर उफ्रने, पार्टी कार्यालय कब्जा गर्ने, बैंक खाताबाट पैसा निकालेर गायब गर्ने तिर लाग्ने,’ सम्बोधनका क्रममा ओलीले थपे ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ