arrow

ओलीको स्वीकारोक्ति: 'म अल्पमतमै छु तर बहुमतको दुरुपयोग नहोस’

logo
प्रकाशित २०७७ पुष १५ बुधबार
KP.jpg

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले आफू अल्पमतमा रहेको स्वीकारेका छन्। बुधबार बबरमहलस्थित कार्की ब्याङ्क्वेटमा आफ्नो समूहका सुदूरपश्चिम प्रदेशका कार्यकर्ता सम्बोधन गर्दै ओलीले अल्पमतमा परेको स्वीकारेका हुन। सम्बोधनका क्रममा उनले  पुष्पकमल दाहाल प्रचण्ड, माधवकुमार नेपाल, झलनाथ खनालको पक्षमा बहुमत रहेको तर बहुमतको दुरुपयोग भइरहेको आरोप लगाए । संसद पुनर्स्थापनाको माग गरिरहेका पक्षलाई इङ्गित गर्दै ओलीले निर्वाचनमा जुट्न सबैलाई आग्रह पनि गरे।

प्रचण्ड-माधव समूहलाई लक्षित गर्दै ओलीले भने, ‘दुई-चार सिट जित्न पनि प्रचण्ड र माधव नेपालले ‘कपडा बिगारेर’ बस्नुको साटो निर्वाचनको तयारी थाल्नुपर्ने हो ।’

‘पार्टीमा माधव गुट रहेको म पहिल्यै प्रष्ट थिएँ, पछि फेरि प्रचण्ड गुट थपियो दुईवटा मिल्दाखेरि बहुमत पुग्छ भन्ने मलाई थाहा थिएन र ?’ ओलीले भने,‘प्रचण्ड र माधव मिल्दा बहुमत पुग्ने पहिले नै प्रष्ट थिएँ ।’

माधव नेपालसँग बढी खनिएका ओलीले अधिकांश समय विभाजित समूहलाई आरोप लगाएरै आफ्नो अभिब्यक्ति राखेका थिए । उनले भने, ‘माधवजी प्रचण्डको मामूली कार्यकर्ता हुनुभयो, दोस्रो अध्यक्ष बन्न पुग्नुभयो तर अध्यक्ष त प्रचण्ड नै हो ।’

एकीकरणका बेला पार्टीलाई एकताबद्ध बनाउनको निम्ति, स्थिरता र स्थायित्वको लागि प्रचण्ड-माधवलाई बहुमत दिएको भएपनि बहुमतको दुरुपयोग भएको उनको गुनासो थियो । कामचलाउ प्रधानमन्त्री समेत रहेका ओलीले भने, ‘हाम्रो काम भत्काउने होइन, देश बनाउने हो । हामीले अब आन्दोलन र पार्टी जोगाउनुपर्छ ।’



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ