arrow

प्रचण्डले कांग्रेससँग वार्ता र मसँग बार्गेनिङ गरे :ओली 

छोरी जिताउन नसकेपछि मतपत्र च्यातेर प्रजातन्त्र धुजाजुधा पारे

logo
हाम्राकुरा संवाददाता,
प्रकाशित २०७७ पुष १५ बुधबार
KP-OLI-N.jpg

काठमाडौं । प्रधानमन्त्री समेत रहेका नेकपा अध्यक्ष केपी शर्मा ओलीले २०७४ सालको निर्वाचनमा पुष्पकमल दाहाल प्रचण्डले कांग्रेससँग मिलेर आफूसँग बार्गेनिङ गरेको बताएका छन् । 

बुधबार सुदुरपश्चिम प्रदेशका आफू पक्षीय नेताहरुको भेलालाई सम्बोधन गर्ने क्रममा ओलीले प्रचण्डले बामपन्थीसँगै एक भएर चुनाव लडेको तर सरकार बनाउन दक्षिणपन्थीसँग मिलेको आरोप लगाए । ‘कांग्रेससँग भित्राभित्रै वार्ता गर्ने अनि मसँग बार्गेनिङ गर्ने, बामपन्थीसँग मिलेर चुनाव लड्ने तर सरकार दक्षिणपन्थीसँग बनाउन खोज्ने ?,’ सम्बोधनका क्रममा ओलीले भने ।  उनले चुनावको नतिजालाई ३ फागुनसम्म प्रचण्डले अड्काएको आरोप समेत लगाए ।

चितवनमा भएको निर्वाचनमा प्रचण्डले छोरीलाई जसरी पनि जिताउन मतपत्र च्यात्न लगाएको समेत दाबी गरे।
‘छोरी जिताउन नसकेपछि मतपत्र च्यातेर प्रजातन्त्र धुजाजुधा बनाउनुभयो, छोरी जिताउनकै लागि कांग्रेससँग मिल्नुभयो,’ ओलीले प्रचण्डप्रति आरोप लगाउँदै भने ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ