arrow

संसद विघटनको घटना संविधान र व्यवस्थामाथि नै खतरा: दिव्यमणी राजभण्डारी

‘कांग्रेसले जे गर्छ, एक्लै गर्नु पर्छ’

logo
प्रकाशित २०७७ पुष १३ सोमबार
dibyamani1.jpg

काठमाडौं । नेपाली कांग्रेसका नेता तथा प्रतिनिधि सभा सांसद दिव्यमणी राजभण्डारीले संसद विघटनको घटनापछि संविधान र व्यवस्थामाथी नै खतरा बढेको बताएका छन् । प्रतिनिधि सभा विघटनको बिरोधमा सोमबार काठमाडौं ४ अन्तर्गत नारायणचौर नक्सालमा भएको बिरोध सभालाई सम्बोधन गर्दै नेता राजभण्डारीले संसद विघटनपछि संविधान र व्यवस्थामाथी नै खतरा बढ्दै गएको बताए ।

सांसद पद गौण हो, संविधान र व्यवस्था महत्वपूर्ण कुरा हो, संसद विघटनबाट संविधानले देखाएको विधि र पद्धतीलाई नै मास्ने काम भयो, यो संविधान र व्यवस्थाका लागि घातक हो,’ नेता राजभण्डारीले भने ।

उनले विगतमा लोकतन्त्र र गणतन्त्रका लागि २० औं हजार व्यक्तिले ज्यान गुमाएपछि पनि देशमा अस्थिरताको अवस्था आउनु गलत भएको समेत बताए । कांग्रेस भित्र संसद विघटनको विरोध र निर्वाचनका विषयमा भइरहेको मतान्तरका विषयमा भने नेता भण्डारी फरक ढंगले प्रस्तुत भए ।

उनले भने, ‘कांग्रेसले जे गर्छ, एक्लै गर्नु पर्छ, कसैको पछि लगेर होइन अरुलाई समेत पछि लाउने गरी भूमिका देखाउन सक्नुपर्छ ।’ नेता भण्डारीले जनताले विश्वास गरेर कम्युनिष्ट शक्तिलाई मत दिएको तर सरकारले जनमतको दुरुपयोग गर्दै अघि बढेकाले निरंकुशताबादी कदमका बिरुद्ध कांग्रेस सहित सबै प्रतिपक्षी दल एक भएर अघि बढ्नु पर्ने अवस्था बनेको धारणा राखे ।

नेकपा भित्रको विवादको फरक प्रसंगमा भने उनले विदेशी शक्ति आएर नेपालको आन्तरिक राजनीतिलाई खलबलाउने काम गरिरहेको भन्दै कांग्रेस भने एक ढिक्का भएर अघि बढेको सन्देश आन्दोलनबाट समेत प्रवाह भइरहेको बताए । त्यसका लागि सभापति शेरबहादुर देउवा सहित वरिष्ठ नेता रामचन्द्र पौडेललाई उनले धन्यवाद समेत दिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ