arrow

शेरधन राईविरुद्ध अविश्वास प्रस्ताव ल्याउने सांसदहरुलाई २४ घण्टे स्पष्टिकरण

फिर्ता नगरे कार्वाहीको चेतावनी

logo
हाम्राकुरा संवाददाता,
प्रकाशित २०७७ पुष १३ सोमबार
sherdhan_rai.jpeg

विराटनगर । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रदेश १ को संसदीय दलले मुख्यमन्त्री शेरधन राईको विरुद्ध अविश्वासको प्रस्ताव दर्ता गर्ने प्रदेश सांसदहरुलाई स्पष्टीकरण पेश गर्न निर्देशन दिएको छ । दलका प्रमुख सचेतक बुद्धिकुमार राजभण्डारीले अविश्वासको प्रस्ताव पेश गर्ने सांसदहरुलाई तत्काल प्रस्ताव फिर्ता गरी २४ घण्टा भित्र स्पष्टीकरण पेश गर्न निर्देशन सहितको पत्र पठाएका हुन् ।

संसदीय दललाई जानकारी गराउनु भन्दा पहिले नै संसद सचिवालयमा ३७ जना सांसदहरुले आइतबार मुख्यमन्त्री शेरधन राईको विरुद्धमा अविश्वास प्रस्ताव पेश गरेका थिए । संसदीय दलमा छलफल नगरी पहिले नै प्रदेश सभा सचिवालयमा प्रस्ताव दर्ता गरेकोले प्रस्ताव फिर्ता सहित स्पष्टिकरण पेश गर्न पत्र पठाएको प्रमुख सचेतक बुद्धिकुमार राजभण्डारीले बताए । 

राई नेतृत्वको सरकारका मन्त्री इन्द्र बहादुर आङ्बो प्रस्तावक र दलका सदस्य लछुमन तिवारी सर्मथक भई पुष १२ गते मुख्यमन्त्री विरुद्व अविश्वासको प्रस्ताव प्रदेश सभा सचिवालयमा दर्ता गरिएको थियो। राजभण्डारीले सांसदहरुलाई काटेको स्पष्टिकरणमा, 'नेपालको संविधान, राजनीतिक दल सम्बन्धी ऐन, प्रचलित कानुनी ब्यवस्था तथा पार्टीको संसदीय दलको बिधान २०७६ को भाग ६ दफा २४ को (क) (ख) (ग) (च) (छ) आकर्षित भई बिधानको दफा २६ (ग) को देहाय (१) (२) (४) र (५) बमोजिम तपाईलाई कार्बाही किन नगर्ने ?' भनेका छन् । उनले पत्र प्राप्त भएको २४ घण्टा भित्र उक्त अबिश्वासको प्रस्ताब फिर्ता गरी लिखित स्पष्टीकरण पेश गर्न निर्देश गरेका छन् । 

नेकपाको फुटसँगै गतिरोध बढ्दा प्रदेशमा पनि दर्ता ाभएको अविश्वास प्रस्ताव सामान्य निर्देशनमा फिर्ता हुने अवस्था भने देखिदैन ्। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ