arrow

नेकपा प्रदेश १ का १४ वटै जिल्लाका इन्चार्जहरु संसद विघटनको विरुद्धमा, ओलीमाथि गम्भीर आरोप

logo
प्रकाशित २०७७ पुष ९ बिहिबार
kp_oli_and.jpg

काठमाडौं । असंबैधानिक ढंगबाट प्रतिनिधि सभा विघटन गरेको भन्दै नेकपाका प्रदेश १ का १४ वटै जिल्ला र विराटनगर महानगरका पार्टी इञ्चार्जहरु विरोधमा उत्रिएका छन् ।

उनीहरुले बिहीवार संयुक्त विज्ञप्ती जारी गर्दै प्रधानमन्त्री केपी ओलीको सिफारिसमा राष्ट्रपतिद्धारा गैरसंवैधानिक ढंगले गरिएको प्रतिनिधि सभा विघटनको घोषणा अलोकतान्त्रिक, प्रतिगामी, निरंकुश मात्र नभई नेपाली जनताको घोर अपमान समेत भएको उल्लेख गरेका छन् ।

ओलीले पार्टी फुटाउनेसम्मको दुस्साहस गरेको उनीहरुको आरोप छ । पछिल्ला दिनमा प्रदेश १ को पार्टी पंक्तिमा पनि भ्रम उत्पन्न गराउन खोजेकोमा त्यसको विरुद्ध प्रदेश १ का जिल्ला इञ्चार्जहरु नेकपाको सुदृढ एकताको पक्षमा मुलधारमा दृढतापूर्वक उभिएको उद्घोष पनि गरेका छन् ।

विज्ञप्तीमा यस्तो अवस्थामा नेकपाका प्रदेश १ का नेता, कार्यकर्ता, प्रदेशवासी र आम जनसमुदायमा समेत फुट परस्त, गैह्रकम्युनिष्ट र परिवर्तन विरोधी गतिविधिबाट भ्रम फैलाउन खोजिएको उल्लेख गर्दै त्यस्तो भ्रममा नपर्न अपिल गरिएको छ ।

संयुक्त विज्ञप्ती जारी गर्ने जिल्ला इञ्चार्नहरुमा भास्कर काफ्ले ताप्लेजुङ, इन्द्रबहादुर आङबो पाँचथर, धिरेन्द्र शर्मा इलाम, रविन कोइराल झापा, घनेन्द्र बस्नेत मोरङ, धर्मराज निरौला सुनसरी, हेमराज भण्डारी धनकुटा, जयन्ती राई तेह्रथुम, राजेन्द्र राई संखुवासभा, सुदन किराती भोजपुर, हेमकुमार राई सोलुखुम्बु, यज्ञराज सुनुवार ओखलढ्ङगा, बलदेव चौधरी उदयपुर, समिता कार्की खोटाङ र विराटनगर महानगरपालिका इञ्चार्ज शिवकुमार मण्डल रहेका छन् ।

हस्ताक्षर सहितको संयुक्त विज्ञप्तीमा प्रधानमन्त्री ओलीले पार्टी एकताका वैचारीक-राजनैतिक आधार र भावनाहरु माथी गंभीर प्रहार गर्दै पार्टीको सर्वस्विकृत संगठनात्मक सिद्धान्त, विधि र पद्धतीमाथी ठाडो धावा बोलेर पार्टी जनता र मुलुकमाथि समेत अनुत्तरदायी, गैह्रजिम्मेवार र चरम व्यक्तिवादी गतिविधिहरु गर्दै आएको आरोप लगाइएको छ ।


 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ