arrow

संसद विघटनको निर्णयविरुद्धका रिटको सुनुवाइ शुरु, प्रधानन्यायाधीश एक्लैको इजलास 

logo
हाम्राकुरा संवाददाता,
प्रकाशित २०७७ पुष ८ बुधबार
cholendra.JPG

काठमाडौं । संसद विघटन विरुद्धको रिटमा सुनुवाइ शुरु भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले गत पुस ५ गते प्रतिनिधिसभा विघटन गरेको घोषणाविरुद्ध सर्वोच्च अदालतमा परेका १३ मध्ये १२ रिटमा सुनुवाइ भइरहेको हो । तर ती सबै रिट प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराको एकल इजलासमा तोकिएको छ ।

सुनुवाइ जारी रहँदा एकल इजलास तोकिँदा न्यायकर्मीहरु सशंकित भएका छन् । राष्ट्रपति र प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सभामुख लगायतलाई विपक्षी बनाई दायर भएका रिट निवेदन प्रधानन्यायाधीशको एकल इजलासमा तोकिएको हो । 

१३ मध्ये संवैधानिक इजलासमा दर्ता भएको रिट निवेदनको शुक्रबार सुनुवाइ हुने तय भएको जनाइएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ