arrow

संसद विघटन गर्ने ओलीविरुद्ध उभिए वामदेव

logo
प्रकाशित २०७७ पुष ५ आइतबार
baldev-release.jpg

काठमाडौं। नेकपा नेता वामदेव गौतमले प्रधानमन्त्री केपी ओलीको संसद विघटन गराउँने कदम गलत र भत्सर्नाायोग्य भएको बताएका छन्। नेता गौतमले गत आम निर्वाचनबाट झण्डै दुई तिहाइ बहुमत प्राप्त गरेको नेकपाका अध्यक्ष तथा प्रधानमन्त्री ओलीले संसदको कार्यकाल २ वर्ष बाँकी हुँदाहुँदै संविधानको मर्म र भावना विपरित संसद विघटन गर्न राष्ट्रपतिबाट जारि गराउँने कार्य गैर संवैधानिक र गलत भएको भन्दै भत्सर्ना गरेका हुन्।

एक विज्ञप्ती जारी गर्दै नेता गौतमले आइतबार ओलीले गरेको यो कदमको आलोचना गरेका हुन्। ओलीको यसकदमले देशमा रजानीतिक अस्थिरता बढाउँने र संघिय लोकतान्त्रिक गणतन्त्रका सम्पूर्ण मूल्यमान्यतालाई समाप्त पार्ने नेता गौतमले बताएका छन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ