arrow

अन्ततः केपी ओली बने भस्मासुर, संसद विघटनको सिफारिस

logo
प्रकाशित २०७७ पुष ५ आइतबार
kp-sharma-oli-final.jpg

काठमाडौं । अन्ततः प्रधानमन्त्री केपी शर्मा ओली भस्मासुर बनेका छन् । उनले संसद विघटन गरेका छन् । आइतबार बिहान बसेको मन्त्रिरिषदको बैठकले संसद विघटनको सिफारिस गरेको हो । 

बिहान बसेको मन्त्रिपरिषद्को आकस्मिक बैठकले संसद् विघटनका लागि राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष सिफारिस गर्ने निर्णय गरेको एक मन्त्रीले बताए । 

ओलीले बिहान मन्त्रिपरिषद्को आकस्मिक बैठक बोलाएका थिए । यसअघि मन्त्रीहरुलाई समेत जानकारी नदिई सरकारले गत मंगलबार संवैधानिक परिषद्सम्बन्धी अध्यादेश जारी गरेको थियो । 

त्यसपछि नेकपाको बुधबारको स्थायी कमिटी बैठकले अध्यादेश फिर्ता लिने निर्णय गरेको थियो । प्रधानमन्त्री ओली अध्यादेश फिर्ता लिन सहमत भएपछि संसद्को विशेष अधिवेशन माग गर्न राष्ट्रपति कार्यालय शीतल निवास पुगेका नेकपाका सांसदहरु निवेदन दर्ता नगरी फिर्ता भएका थिए । 

बिहीबार उनले त्यसलाई उल्लंघन गर्दै संवैधानिक परिषदको बैठक डाकेका थिए । 

तत्काल नेकपाका अर्का अध्यक्ष पुष्पकलम दाहाल प्रचण्ड बालुवाटार पुगेर उक्त बैठक रोक्न आग्रह गरेसँगै ओली खुम्चिएका थिए । 

ओलीले तैपनि अध्यादेश फिर्ता लिएनन् । शुक्रबार भने ओली नसुध्रिने भन्दै प्रचण्ड र नेकपाका वरिष्ठ नेता माधवकुमार नेपालले आफ्नो पक्षको छलफल चलाएका थिए । 

शनिबार बिहानै प्रधानमन्त्री ओली प्रचण्ड निवास खुमलटार पुगेका थिए । उनको सर्त प्रचण्डले नमानेपछि उनी निराश भएर फर्केका थिए । 

फर्किदा उनले गृहमन्त्री रामबहादुर थापा बादलसहितका मन्त्रीहरुलाई पनि भेटेका थिए । अनि साँझ उनले राष्ट्रपति भण्डारीलाई भेटेका थिए । 

उनले पार्टी निर्देशन मान्नुभन्दा पनि आफ्नो सर्वसत्तवादको सोचका कारण संसदको नियमित बैठक बोलाउनुको सट्टा संसद विघटनकै सिफारिस राष्ट्रपतिसमक्ष बुझाएका हुन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ