arrow

युधिष्ठिरको चिन्ता

दुःख, सुर्ता र भयका तापले किन सताइरहेको छ ?

logo
विष्णुप्रसाद तिमिल्सीना,
प्रकाशित २०७७ असोज २९ बिहिबार
mahabharat_katha.jpg

गौरीघाट । श्री शिवपुरीबाबालाई जिज्ञाशुहरुले बाबा, अहिले संसारमा मानिसलाई दुःख, सुर्ता र भय लगायतका अनेक किसिमका तापले किन सताइरहेकोछ ? भनेर प्रश्न गरेका थिए । उनीहरुको जिज्ञाशालाई चित्त बुझाउन श्रीबाबाले उत्तर दिनुभएको थियो, “यस प्रकारका तापले आज मात्र होइन, मानिसलाई यस प्रकारका तापले जहिले पनि सताईरहेकै हुन्छ ।” श्रीमद्भागवतगीतामा श्रीकृष्णले अर्जुनलाई सुख, दुःख, लाभ, हानी दुवैलाई बराबर मानेर कर्तव्य गर्नुपर्छ भनेर अर्ती दिनुभएको पनिछ । 

श्रीबाबाले पनि “सुख, दुःखबाट विचलित नहुन सल्लाह दिनुभएको छ । उहांको शिक्षा स्वधर्ममा मानिसले आफूले कति खाने, कति सुत्ने, के हेर्ने, कति कमाउने, परिवारतिर कति लाग्ने आदि विषयमा स्पष्ट भएपछि दुःख हुंदै हुंदैन । मनमा आवश्यक कुराहरुमात्र सोचेर गीताको १६ औँ अध्यायमा बताइए अनुसार दैवी गुणहरु पालना गरेपछि सुर्ता हुंदै हुंदैन । आफ्नो नित्य नैमित्तिक कर्मगरेर बांकी समयलाई ईश्वर चिन्तनमा लगाएपछि डर (भय) हुंदै हुंदैन र त्रिविध तापले सताउन सक्तैन ।
 
मानिसले दुःखलाई हटाउन खोज्नु, सुख मात्र पाउन खोज्नु हुन्न किनभने दुःख सुख भनेको जाडो, गर्मी, दिन, रात जस्तै हो । जाडो आउंछ, जान्छ, गर्मी आउंछ जान्छ, संसारमा आउने दुःख सुख तथा रात दिन सबै यस्तै हुन् । एउटालाई पन्छाएर अर्कोलाई अंगाल्न कदापि खोज्नुहुन्न । सुखमा भन्दा दुःखमा मानिसले परमात्मालाई सम्झन्छ ।

कुन्तीले पनि श्रीकृष्ण भगवान् संग दुःख मांग्नु भएकोछ किनभने दुःखमा परमात्मा चिन्तन बढी गर्न सकिन्छ । युधिष्ठिरले पनि कति दुःख पाए, राजपाटबाट उनीले धपिनु पर्‍यो, तैपनि उनी विचलित भएनन् तर पनि भगवान्मा श्रद्धा भक्ति राखिरहनाले पछि आएर साम्राज्यको मालिक बने । 

एउटा प्रसंग यहां उल्लेख गर्न लागिएकोछ । एकपटक युधिष्ठिरलाई आफू देशबाट निक्लनु परेको, द्रौपदीको हरण भएको आदि कृया कलापबाट मनमा दुःख लागेर खिन्न भएका रहेछन् । उनी मार्कण्डेय आदि ऋषिहरुको सत्संगमा गए । उनले मार्कण्डेय ऋषिलाई आफू जस्तो मन्दभाग्य पुरुष संसारमा नभएको सोचेर खिन्न भएको कुरा बताएछन् । उनले “म जस्तै कोही छन् कि भनेर ऋषिलाई प्रश्न गरेछन् । उनको प्रश्न सुनेर ऋषिले यसप्रकारका दुःख पाउने पुरुषहरु पनि छन् । श्रीराम, सीता, जटायु, रावण आदिले भोग्नुपरको कष्ट, दुःखका बारेमा बताएछन् । 

उनी भन्दै गएछन्, “हेर युधिष्ठिर, अज नाम गरेका एक राजा ईक्ष्वाकु कुलमा जन्मेका थिए । उनको छोराको नाम दशरथ थियो । श्रीराम दशरथका जेठा छोरा थिए । उनी १४ वर्ष बनमा जांदा अनेक प्रकारका दुःख भोग्नु परेको थियो । द्रौपदी पनि यज्ञको वेदीबाट पैदा भएकी हुन् । उनले सबैलाई सत्कार गर्दथिन्, सबैलाई मान गरेकी नै थिइन् ।  तर पनि जयद्रथ जस्तो पापी राजाले गर्दा उनले त्यस्तो अपमानित हुनुपरेको दृष्टान्त दिएर चित्त बुझाएछन् । 

युधिष्ठिरलाई श्रीराम बारे बढी जान्ने इच्छा भएछ । उनले अनुरोध गरेपछि मार्कण्डेयले रावण, कुम्भकर्ण आदिको जन्म, तपस्या आदिका बारेमा बताउन थाले । ब्रम्हाजीका परम प्रिय मानसपुत्र पुलस्त्यजी थिए । पुलस्त्यजीको गौ नामक पत्नीको तर्फबाट एक पुत्र जन्मन गयो । यिनी वैश्रवणको नामले चिनिन्छन् । वैश्रवण आफ्नो बाबुको सेवा नगरी बाजेको सेवागर्न लागे । उनको यस्तो चाला देखेर पुलस्त्य रिसाए अनि उनको आधा शरीरबाट विश्रवा प्रकट हुन गए । क्रमश...

( तिमिल्सिना शिवपुरी बाबाको स्वधर्म पुस्तका संकलक हुन् ।) इमेल :aamodita@gmail.com



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ