arrow

जेठ १ गते बिहीबार कुन समयमा अमृत बेला, कुन समयमा कालबेला ?

logo
ज्यो. हरि पन्त
प्रकाशित २०७७ जेठ १ बिहिबार
Today-Horoscopee-(2).jpg

२०७७ जेठ १ गते बिहीबार 
आजको पञ्चांग 
आज मिति २०७७ जेठ १ गते बिहीबार, इस्वी संवत मे १४  तारिख सन् २०२०, श्रीशाके १९४२, नेपाल संवत् ११४०, प्रमादी नामको संवत्सरः, सूर्य पृथ्वीको उत्तरी गोलाद्र्धमा छन् । ग्रीष्म ऋतु चलिरहेको छ । चान्द्रमान अनुसार ज्येष्ठकृष्णपक्ष बछलागा चलिरहेको छ । 

सौरमान अनुसार आज ज्येष्ठ कृष्णपक्षको सप्तमी तिथि १२ घडि ०९ पला अर्थात् बिहानमा १० बजेर ९ मिनेटसम्म त्यसउप्रान्त अष्टमी तिथि लाग्नेछ । आज उत्तरषाढा नक्षत्र, विष्कुम्भादि योगमा शुक्ल, करणमा भद्रा, आनन्दादि योगमा मुद्गर रहनेछ । 

सूर्य मेष राशिमा, चन्द्रमा मकर राशिमा रहनेछ । आज दिनमान ३३ घडि ३७ पलाको रहनेछ । आज सूर्योदय नेपालको काठमाडौं केन्द्रबिन्दुमा रहि बिहान ठीक ५ बजेर १७ मिनेटमा रावण मुहूर्तमा हुनेछ भने सूर्यास्त साँझ ठीक ६ बजेर ४४ मिनेटमा हुनेछ । 

आजको राशिफल

मेषः समय सामान्य रहनेछ । तर्क वितर्कमा समय खेर फाल्नु उचित छैन, आफ्ना कमी कमजोरी के भइरहेका छन् त्यसमा विचार पु-याउनु, बेलैमा होस पु-याउन जरुरी छ, आफ्नै कार्यबाट मन सन्तुष्ट हुनेछैन, समग्रमा आजको समय मध्यम खालको रहेकाले नयाँ कार्यमा लगानी नगर्नु नै राम्रो हुनेछ ।

वृषः मानसिक चोट पर्ने कुरा कसैले गर्न सक्छ, अपमानित हुने ठाउँमा नजानु नै बेस,  तपाईंको काम विगार्नेतर्फ आफन्त, नजिकका नाता समेत लागि पर्ने छन्, आज खर्च सोचेभन्दा ज्यादा हुनेछ, मनमा तनाव, कुनै पनि काम छिटो–छिटो गर्छुभन्दा झन् ढिलो हुन जानेछ ।

मिथुनः नयाँ कामको थालनी, हालको पेशामा ठूलो लगानी गर्नु पनि ठीक छैन, व्यापार व्यवसाय पेसामा संलग्न व्यक्तिलाई नोक्सान दिनेवाला रहेको छ, आकस्मिक चोर अथवा बदमास व्यक्तिबाट आक्रमणमा पर्न सकिने सम्भावना पनि त्यत्तिकै छ, एक्लै यात्रामा जानु ठीक छैन ।

कर्कटः घरमा कुनै धार्मिक कार्य, व्रत, पर्वको उत्सव मनाइने सम्भावना समेत रहेको छ, प्रेम सम्बन्ध बढ्न सक्ने अवस्था पनि आइपर्ला जस्तो छ । तपार्इं मनोरञ्जनपूर्ण कार्यमा सहभागी हुन सक्ने अवस्था रहेको छ, समग्रमा आज समय शुभ रहेकाले उपयोग गरेमा लाभ मिल्नेछ, धार्मिक यात्रा पनि सफल हुनेछ ।

सिंहः स्वास्थ्य ठीकठाक रहनेछ । मानसिक प्रशन्नता मिल्ने काममा लगानी गरिनेछ । आम्दानीका नयाँ स्रोत बढ्दै जानेछन्, जुन काम गर्ने विचार गर्नु भएको छ, सक्दो छिटो गर्नुहोस् सजिलैसँग पूरा हुनेछन् । आफ्नो बोली वचनको प्रभावले धेरै दिनदेखि रोकिएका काम बन्नेछन् ।

कन्याः आफन्त व्यक्तिले काम विगारीदिने सम्भावना बलियो रहेको छ । मानसिक चञ्चलता, कार्यक्रममा विघ्नबाधा, पेट अथवा कम्मर दुख्ने, वायू रोग, शूल, मन परेको खानामा गडबडी, कुनै चिन्ता पर्ने समाचार सुन्नुपर्नेछ । हरेक कार्यमा सतर्कता अपनाई सम्पन्न गर्नतिर लाग्नु उचित हुनेछ । 

तुलाः यात्रा, लेनदेन गर्दा ज्यादा घाटा पर्नेछ । घर परिवारमा आकस्मिक कुनै व्यक्ति रोगले पीडित हुनुपर्नेछ । कुनै दलालले पैसा ठगिदिने, छातीमा खराबी, रोग बाधाको बलियो सम्भावना रहेको छ । समय अत्यन्तै खराब रहेकाले सबै काममा सतर्क भएर अघि बढ्नुपर्ने आवश्यकता देखिन्छ ।

वृश्चिकः व्यापार व्यवसायबाट राम्रोे लाभ प्राप्त गर्न सक्नुहुनेछ । थान कपडाको दोकान, किराना, मट्टीतेल, डिजल, कुनै पनि तरल पदार्थको पेसा गर्ने व्यक्तिलाई पनि पूर्ण सफलता र लाभको रहेको छ । बोली वचनले नयाँ–नयाँ मित्र बढ्दै जानेछन् । जे काम गर्नुछ सुखैका साथ सम्पन्न हुनेछन् । 

धनुः एक्कासी स्वास्थ्यले धोका दिन सक्नेछ । खानामा गडबडी, असुविधा, कुनै व्यक्तिसँग विवाद पर्ने, लाभ कम, हानी नोक्सानी ज्यादा हुन सक्ने देखिएको छ । घर परिवारबाट सहयोगको बदला हानी नोक्सानी नै ज्यादा हुने देखिन्छ । खासगरी आज दक्षिण दिशाको यात्रा नगर्दा राम्रो हुने ज्योतिष वैज्ञानिक दृष्टिकोणमा देखिएको छ । 
 
मकरः मानसिक प्रशन्नता, मान, प्रतिष्ठा मिल्नेछ । सामाजिक कार्यमा अग्रसर व्यापार विनिमय र पशु चौपायबाट समुचित लाभ, अवरुद्ध कार्य पनि सफल हुनेछन् । समय शुभ रहेकाले सही उपयोग गरेमा लाभ मिल्नेछ । नयाँ काम गर्दै हुनुहुन्छ भने आजको समय शुभ रहेको छ । 
 
कुम्भः पेटको खरावी बढ्नेछ । परिवारमा मतभेद, वादविवाद पर्ने, कार्यमा विलम्बता हुने, लेनदेन र जग्गा जमीन सम्बन्धी कार्यमा विवाद पर्न सक्ने देखिन्छ, पशु चौपाय तथा कृषि सम्बन्धी कार्यबाट हानी, आत्मीयजनबाट विश्वासघात इत्यादि हुन सक्नेछन्, अत्यन्तै सतर्क हुनुहोला।

मीनः नवीन कार्यको विचार विमशर्, आर्थिक तथा शारीरिक स्थिति राम्रा हुनेछन् । आफ्नो व्यवसायबाट सोचे अनुसारकै लाभ मिल्नेछ । धार्मिक कार्यमा रुचि बढ्ने, पठनपाठन फलदायक रहनेछ । समग्रमा समय शुभ रहनेछ, भरपूर उपयोग गर्नुहोला । 

साइत ः आज चन्द्रमा मकर राशिमा रहनेछ । त्यसैले पूर्व बाहेक अन्य कुनै पनि दिशाको यात्रा गर्नु ठीक छैन । आज बिहीबार दक्षिण दिशाको यात्रा गर्नु शुभ मानिंदैन । 

आजको शुभ लाभादि बेला 
बिहान ५ः१७ बजेदेखि         ६ः४७ बजेसम्म        शुभ बेला
बिहान ६ः४७ बजेदेखि         ८ः१७ बजेसम्म        रोग बेला
बिहान ८ः१७ बजेदेखि         ९ः४७ बजेसम्म        उद्धेग बेला
बिहान ९ः४७ बजेदेखि        ११ः१७ बजेसम्म        चर बेला
दिउँसो ११ः१७ बजेदेखि        १२ः४७ बजेसम्म        लाभ बेला
दिउँसो १२ः४७ बजेदेखि      २ः१७ बजेसम्म        अमृत बेला
दिउँसो २ः१७ बजेदेखि        ३ः४७ बजेसम्म        काल बेला
दिउँसो ३ः४७ बजेदेखि        ५ः१७ बजेसम्म        शुभ बेला

यसमा चर भन्दा शुभ, शुभ भन्दा लाभ राम्रो, लाभ भन्दा अमृत सबैभन्दा राम्रो मानिन्छ । त्यसैले जे काम गर्दा पनि शुभ, लाभ र अमृत बेला पार्नुहोला ।

राहुकाल समयः दिनमा १ः३० देखि ३ः०० बजेसम्म राहुकाल समय रहनेछ । यो समय भित्र यात्रा, लेनदेन, ठूलो लगानी, नयाँ निर्णय केही पनि गर्नु परिणाम राम्रो हुँदैन ।

(नोटः यो पञ्चाङ्गको सूर्योदय, सूर्यास्त, तिथि, नक्षत्र, योग, करण आदिमा उल्लिखित समयादि काठमाडौं, नेपालको अक्षांश २७ः४२ उत्तर तथा देशान्तर ८५ः१८ पूर्व र नेपालको निर्धारित राष्ट्रिय समयलाई आधार मानी सूर्यसिद्धान्तको प्रयोग गरी गणना गरिएको हो, साथै राशिफल लेख्दा चन्द्रमाको दैनिक गति, चन्द्रमामा पर्ने शनि एवं बृहस्पतिको दृष्टि, वेधस्थान र विपरीत वेधस्थान समेतको गणना गरिएको छ ।)
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ