शोकमा तरुण दल, अध्यक्षद्धारा महासचिव र महासचिवद्धारा अध्यक्ष कार्वाहीमा [पत्रसहित]
किन मौन छ माउपार्टी ?
प्रकाशित २०७६ भदौ २८ शनिबार
976
Shares
काठमाडौं । नेपाली काँग्रेसको भ्रातृ संगठन नेपाल तरुण दल शोकमा परेको छ । अध्यक्ष जीतजंग बस्नेतले महासचिव भुपेन्द्रजंग शाहीलाई तथा शाहीले बस्नेतलाई कार्वाही गरेपछि तरुण दल शोकमा परेको हो ।
शनिबार पहिले अध्यक्ष बस्नेतले र पछि महासचिव शाहीले कार्वाही गरेको पत्र सार्वजनिक गरेका हुन् ।
आपसमा विभिन्न आरोप लगाउँदै सिंगो संगठनलाई नै बदनाम गर्दासमेत माउ पार्टीको नेतृत्वले भने कुनै प्रतिक्रिया जनाएको छैन ।
बस्नेतको आरोपमा महासचिवजस्तो महत्वपूर्ण पदमा रहेर पदीय मर्यादा, जिम्मेवारी र काँग्रेस तथा तरुण दलको आदर्श एवं सिद्धान्त विपरीत गई अनुशासनहिन कार्य गरेको आरोप लगाउँदै तरुण दलको विधानको परिच्छेद १० को धारा ४४ को व्यवस्था अनुसार कुनै पनि सदस्य नरहने गरी शाहीलाई हटाइएको जनाइएको छ ।
त्यस्तै शाहीको पत्रमा चार बुँदामा बस्नेतलाई आरोप लगाइ एक वर्षका लागि साधारण सदस्यबाट समेत हटाइएको छ ।
उनको पत्रमा भ्रष्टाचार विरुद्ध लक्षित अख्तियार घेराउ कार्यक्रमलाई अन्तिम समयमा हठात रोकेको, केन्द्रीय समिति बिस्तार नगरी लाखौं तरुण युवाको भविष्यमाथि खेलवाड गरेको, संगठनलाई आफूखुसी संचालन गरेको र बाढी पीडितको नाममा संकलित लाखौं रुपैयाँ गम्भिर रुपमा भ्रष्टाचार र दुरुपयोग गरेको आरोप लगाइएको छ ।