arrow

केपी ओलीप्रति बामदेव रुष्ट, निकाले वक्तव्य

logo
प्रकाशित २०७६ जेठ ९ बिहिबार
Bamdev-Gautam-Kp-Oli.jpeg

काठमाडौं । प्रधानमन्त्री केपी ओली सरकारले अघि बढाएको मिडिया काउन्सिल विधेयकप्रति सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) कै नेता बामदेव गौतम रुष्ट रहेका छन् । बिहिबार वक्तव्य जारी गर्दै गौतमले नेपाल सरकार मन्त्रिपरिषद्बाट पारित भई राष्ट्रियसभा सचिवालयमा दर्तासमेत गराइएको मिडिया काउन्सिलसम्बन्धी विधेयकका कतिपय विवादास्पद प्रावधानप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएका हुन् ।

गौतमले उक्त विधेयकका विवादास्पद प्रावधानहरु सञ्चार क्षेत्रका जिम्मेवार एवं सरोकारवालासंग छलफल गरि टुंगो लगाउन र अहिलेकै अवस्थामा अघि नबढाउन नेपाल सरकार, सम्बन्धित सरकारी निकायलगायत सम्बन्धित सबैमा आग्रह गरेका छन् ।

नेकपा, सचिवालय सदस्य समेत रहेका गौतमले उक्त विधेयकका केही प्रावधान नेपालको संविधानको अक्षर र भावनाअनुरुप बनाउनुपर्ने आवश्यकता रहेको बताए । उनले भने, 'राजनीतिक पार्टी र प्रेस सबै मर्यादित र अनुशासित हुनुपर्दछ भन्ने विचारसँग म पूर्ण सहमत छु । तर, समाचार लेखेकै आधारमा पत्रकारलाई दश–दश लाख रुपैयाँसम्म जरिवाना गर्नेजस्ता कठोर प्रावधान उचित लाग्दैन ।'

आफु समेत पत्रकारबाट पिडित भएको सम्झदै गौतमले भने, ' समय समयमा पेशाको मर्यादा र भावना कुल्चिएर गरिने पत्रकारिता (पीत पत्रकारिता) बाट मैँ पनि शिकार हुँदै आएको छु ।'

उनले कुनै पनि व्यक्तिको चरित्र हत्या हुने, बदलाको भावनाले परिचालित हुने र राष्ट्रिय हितलाई वेवास्ता गर्ने क्रियाकलाप सञ्चार क्षेत्रमा प्रकट हुन नदिन सबै जिम्मेवार सञ्चारकर्मीलाई पनि अनुरोध गरेका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ