प्रधानमन्त्रीले गरे ग्लोबल आइएमई क्यापिटलमार्फत शेयरमा आवेदन
प्रकाशित २०७५ चैत ७ बिहिबार
501
Shares
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले माथिल्लो त्रिशुली थ्री बी आयोजनाको शेयरका लागि ग्लोबल आइएमई क्यापिटल मार्फत आवेदन दिएका छन् ।
‘नेपालको पानी जनताको लगानी, हरेक नेपाली विद्युतको शेयरधनी’ भन्ने नाराका साथ थालिएको जनताको जलविद्युत कार्यक्रमअन्तर्गत बिहीबार बिहान प्रधानमन्त्री ओलीले ३७ मेगावाट क्षमताको माथिल्लो त्रिशुली थ्री बी आयोजनाको शेयर किन्न ग्लोबल आइएमई क्यापिटलमार्फत पहिलो आवेदकको रुपमा आवेदन दिएका हुन् ।
सो शेयरमा आवेदन दिन प्रधानमन्त्री ओलीले ग्लोबल आइएमई बैंक लिमिटेडमा आवश्यक बैंक खाता खोलेको उक्त बैंकले जनाएको छ ।
प्रधानमन्त्रीको साथमा उनकी धर्मपत्नी राधिका शाक्य, उर्जा जलस्रोत एवम् सिंचाई मन्त्री बर्षमान पुन र पूर्व सभामुख ओनसरी घर्तीले पनि ग्लोबल आइएमई क्यापिटलमार्फत शेयर आवेदन गरेका थिए ।