गुण्डागर्दी गर्ने जनप्रतिनिधीलाई काँग्रेसले गर्यो कार्वाहीको माग
प्रकाशित २०७५ साउन ११ शुक्रबार
579
Shares
धरान। धरानमा जनप्रतिनिधि समेत संलग्न एक समूहले सांघातिक हमला गरी धरान १६ का दिपेश थपलियालाई सख्त घाइते बनाएको छ।
आफुसंग चिनजान समेत नभएका धरान १६ का दिपक आचार्य, गोकुल राई र मनोज विष्टले विना कारण सामुहिक आक्रमण गरेको घाइते थपलियाले बताएका छन् ।
आचार्य धरान १६ का जनप्रतिनिधि वडा सदस्य समेत हुन् । तीनै जना विरुद्ध इलाका प्रहरी कार्यालय धरानमा थपलियाले ज्यानको शान्ति सुरक्षा र हदै सम्मको कारवाहीको माग गर्दै किटानी जाहेरी दिएपछि उनीहरु फरार भएका छन् ।
जनप्रतिनिधि जस्तो व्यक्ति नै गुण्डागर्दीमा लागेपछि जनताको शान्ति सुरक्षा कसरी हुन्छ ? भन्दै नेपाली कांग्रेस सुनसरी क्षेत्र नं. १ का सह–सचिव प्रेमकुमार राईले आपत्ति जनाएका छन् । उनले विना कारण जथाभावी मान्छे कुट्दै हिंड्ने माथि कारवाही हुनुपर्ने बताए ।