सरकारले अपहरण गरेर काठमाडौं लैजान खोज्दैछ – डा.केसी
ईश्वरीप्रसाद देकोटा,
प्रकाशित २०७५ साउन ३ बिहिबार
380
Shares
जुम्ला। चिकित्सा शिक्षा सुधार र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा तत्काल एमविविएस डाक्टरी पढाइ सुरु गर्नुपर्ने लगायतका माग राखेर अनसनरत डा.केसीलाई सरकारले काठमाडौं लैजान हेलीकप्टर जुम्ला पठाएको छ।
बुधवार साँझ नेकपाको केन्द्रीय कमिटिको वैठकले विहिवार डा.केसीलाई जुम्लाबाट काठमाडौं लैजाने निर्णय गरेपछि डा.केसीले कुनैपनि हालतमा काठमाडौं नजाने अडान लिएका छन । डा.केसी आमरण अनसन बसेको २० दिन पुगेको छ।
‘मेरो स्वास्थ्यप्रति सरकार चिन्तित र सम्वेदनशिल छ भने मेरो मागहरु पुरा गर्नतर्फ लाग्नुपर्छ’, डा.केसीले वताए। मलाई अपहरण गरेर काठमाडौं लैजादैछ उनले भने, अपहरण गरेर हाम्रो अभियान तुहाउन खोजिरहेको छ।
माग पुरा गर अनसन तोड्छु। यो मेरो लागि पवित्रस्थल हो। चन्दननाथ वावाको काखमा वसेर सत्याग्रह गर्ने अवसर पाएको डा.केसीले बताए ।
जवसम्म मेरो माग पुरा हुदैन तवसम्म जुम्लामै कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमै सत्याग्रह वस्छु उनले भने, मेरो अधिकार हनन गर्ने कसैलाई अधिकार छैन।
जुम्लामै चिकित्सकहरुले मेरो उपचार गरिरहेका छन्। जुम्लामा रहेका चिकित्सकहरुले गरिरहेको उपचारप्रति आफु सन्तुष्ट रहेको समेत डा.केसीले वताए।