बिमलेन्द्र, गगन र प्रदिपले पोर्चुगलका कांग्रेस कार्यकर्तालाई सम्बोधन गर्ने
भरत प्रधान,
प्रकाशित २०७५ असार ३० शनिबार
978
Shares
लिस्बन । नेपाली कांग्रेसका उपसभापति बिमलेन्द्र निधी सहित आधा दर्जन बढी कांग्रेस नेताहरुले पोर्चुगलका कांग्रेस कार्यकर्तालाई सम्बोधन गर्न आउने भएका छन् । नेपाली जनसम्पर्क समिति पोर्चुगलको यही जुलाई २२ मा हुने पाँचौं अधिबेशनलाई सम्बोधन गर्न उपसभापति निधी सहितका कांग्रेस नेताहरु पोर्चुगल आउने भएका हुन् ।
अधिबेशनलाई सम्बोधन गर्नका लागि पार्टीका केन्द्रीय सदस्य एवं पूर्वमन्त्री गगन कुमार थापा, केन्द्रीय सदस्य एवं युवा नेता प्रदिप पौडेल, अर्का केन्द्रीय सदस्य गोबिन्द भट्टराई, आमन्त्रित केन्द्रीय सदस्यहरु किरणराज पौडेल, बालकृष्ण पाण्डे, आनन्द बिष्ट, जनजाति नेता नागेन्द्र कुमार कुमाल, नवराज गुरुङ, खिलानाथ दाहाल लगायतका केन्द्रीय नेताहरु पोर्चुगल आउने कार्यक्रम तय भएको समितिका सभापति लक्ष्मी प्रसाद सापकोटाले जानकारी दिए ।
राजधानी लिस्बनको आन्जोस स्थित जिनासियो हलमा हुने अधिबेशनको तयारी अन्तिम चरणमा पूगेको सापकोटाले बताए । अधिबेशनले आगामाी २ बर्षे कार्यकालका लागि २१ सदस्यीय नयां कार्यसमिति चयन गर्नेछ ।