बैतडीमा पृथ्वीनारायण शाहको हालसम्मकै ठूलो शालिक बनाइने
प्रकाशित २०७५ असार ३ आइतबार
875
Shares
काठमाडौं । बैतडीको दशरथ चन्द नगरपालिकामा पृथ्वी नारायण शाहको नेपालमा हालसम्मकै ठूलो शालिक निर्माण गरिने भएको छ । दशरथ चन्द नगरपालिकाले उपलब्ध गराएको ७ रोपनी जग्गामा राष्ट्रियता संरक्षण अभियानले शालिक बनाउन लागेको हो ।
सोमवार राजधानीमा मिडिया नेपालले आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले १० वर्षे जनयुद्ध र त्यसपछिका परिवर्तन पश्चात राजसंस्थासँग सम्बन्धित कुनैपनि विषयलाई ओझेलमा पार्न संगठित रुपमा कार्यहरु भैरहँदा राष्ट्रनिर्माता पृथ्वी नारायण शाहको विशाल प्रतिमाको स्थापना गर्ने जमर्को गरेकोमा राष्ट्रियता संरक्षण अभियान बैतडीलाई शुभकामना दिदै राप्रपाले पार्टीको आदर्शको रुपमा ग्रहण गरेका पृथ्वी नारायण शाहको शालिक निर्माणमा सक्दो सहयोग पुर्याउने तथा सहयोगको लागि अपिल गर्ने बताए ।
भौगोलिक रुपमा नेपालको एकिकरण गर्ने पृथ्वीनारायण शाह र भावनात्मक रुपमा एकिकरण गर्ने महेन्द्रलाई नेपाली जनताले कहिल्यै भुल्न नसक्ने बताउँदै अध्यक्ष थापाले बैतडीमा राष्ट्रनिर्मार्ताको २१ फिट अग्लो शालिक निर्माण गर्न अग्रसरता देखाउने राष्ट्रियता संरक्षण अभियान बैतडीलाई पूर्ण सहयोग पुर्याउन सबैमा आग्रह गरे।