arrow

आर्यनको आवेग हेर्न अभिभावक लैजानुपर्ने

आगामी चैत्र १२ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्म ‘आवेग’ले फिल्म सेन्सर बोर्डबाट पिजी सर्टिफिकेट पाएको छ ।

logo
हाम्रा कुरा
प्रकाशित २०७२ माघ १७ आइतबार
Pabitra.jpg.jpeg
काठमाडौं । आगामी चैत्र १२ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्म ‘आवेग’ले फिल्म सेन्सर बोर्डबाट पिजी सर्टिफिकेट पाएको छ । यो सर्टिफिकेट पाएको फिल्म हेर्न १६ वर्ष भन्दा कम उमेरका दर्शकले अभिभावकका साथमा हल जानुपर्ने हुन्छ । 

यमन ब्रिज प्रोडक्सनको व्यानरमा निर्माण गरिएको फिल्ममा बसन्त निरौलाको निर्देशन छ । सुर्यबहादुर कार्की, झमक नारायण घिमिरे, धनसिंह केसी र राजेश्वर श्रेष्ठको लगानी रहेको फिल्ममा आर्यन सिग्देल, पवित्रा आचार्य, ध्रुब दत्त, अर्चना डेलाला, रमेश बुढाथोकीलगायतको अभिनय छ ।

फिल्ममा अष्ट महर्जनको द्वन्द्व, टंक बुढाथोकीको संगीत, किरण माइकलको कथा, कविराज गहतराजको कोरियोग्राफी, साहिल खान र मिलन श्रेष्ठको सम्पादन र पुरुषोत्तम प्रधानको छायांकन छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ