arrow

ओली इमान्दार नेता हैनन्, बामदेव साक्षी छन् ! 

logo
प्रकाशित २०७४ पुष २० बिहिबार
Bamdev-Gautam-Kp-Oli.jpeg

काठमाडौं । 'केपी ओली कत्तिका ईमान्दार नेता हुन् भन्ने कुरा बामदेव गौतमलाई सोध्नु ।' बुधबार सिंहदरबारको एक क्यान्टिनमा एक जना एमाले नेता कड्किए । उनी कड्किनुको कारण उनी बामदेव पक्षका नेता रहेछन् । बच्चालाई लालीपप जस्तो सधैंभरी जिस्क्याएर राख्ने केपी ओलीको चरित्रबाट हैरान भएका बामदेव गौतम पक्षका नेताहरु अहिले केपी ओलीको कतै प्रशंसा गरेको देखे भने रिसले आगो हुने रहेछन् । 

समस्या पर्दा भर्याङको रुपमा तिनै बामदेवलाई काखी च्याप्ने र आफू अनुकूल समय आएपछि पुरानो गुन भुल्ने बानी रहेछ केपी ओलीमा । उनले माधव नेपाल विरुद्ध लड्न र पार्टी अध्यक्ष बन्नको लागि भनेर बामदेवको सहयोग लिए, अघिल्लो संविधानसभामा पार्टी र संसदीय दल दुवैको नेतृत्व झलनाथ खनालले गरेको सम्झिएर दोस्रो संविधान सभाको संसदीय दलको नेता चयन गर्ने समयमा आफैंले एक व्यक्ति एक पदको अवधारणा ल्याए र अहिले आएर न त बामदेव न त कोही । सबैलार्इ विर्सिएर ओली आफैं सबै पदको लोभी बनिरहेका छन्। 

कुनै समय सबै दलहरुले भन्ने आफूलार्इ प्रधानमन्त्रीको लोभ छैन भन्ने शब्द पनि हिजोआज ओलीको मुखबाट सुन्न छाडिएको छ । त्यतिबेला संसदीय दलको निर्वाचनमा ओलीले उठाएको ुएक व्यक्ति, एक पदु को मुद्दालाई त्यसपछि भएको महाधिवेशनमा सम्बोधन गर्ने प्रयास पनि गरिएको हो । त्यतिबेला त्यस्तो प्रस्ताव राख्ने ओली राजनीतिक रुपमा ईमान्दार थिए भने त्यतिबेला गौतमसँग भएको भनिएको सहमति अनुसार गौतम संसदीय दलको नेता हुनु पर्ने हो । तर ओलीले त्यो ईमान्दारिता देखाउन सकेनन् । ओली २०७२ सालमा प्रधानमन्त्री सहित अध्यक्ष समेत बनिसकेका छन् । 

अहिले राजनीतिक रुपमा केपी ओली आफ्नै पार्टी भित्रबाट असुरक्षित भईरहेको बेलामा पार्टी वरिष्ठ नेता झलनाथ खनालले २०७० सालको चुनावपछि ओलीले एक पद, एक व्यक्तिको प्रस्ताव राखेको स्मरण गर्दै ओलीले आफ्नै सो प्रस्ताव भुल्न नहुने बताएका थिए । 

२०७१ सालको महाधिवेशन पछि केपी ओलीले विशेषगरी आफ्ना सहयोगी बामदेव गौतमलाई धेरै ठाउँमा धोका दिईसकेका छन् । एमालेका एक नेता भन्छन् ओली राजनीतिक रुपमा ईमान्दार नेता होईनन् भन्ने कुरा उनको पछिल्लो व्यवहारले दिईसकेको छ । अझ उनले बामदेव गौतमलाई पटक पटक दिएको धोकाले पनि उनको ईमान्दारिता माथि प्रश्न चिह्न खडा गरेको छ । 

चुनाव अघिसम्म पार्टीमा विवाद ननिम्त्याउनको लागि भनेर अबको प्रधानमन्त्रीको उम्मेदवार भनेर बामदेवलाई नै भनियो । अहिले उनैले आफ्नो दाबी पेश गर्छन् भनेर नै उनलाई हराउने ओलीले नै नयाँ डिजाईन रचेको भन्ने कुरा अहिले एमाले बृत्तमा नै छ्याप्छ्याप्ती बनिसकेको छ । यस्तो अवस्थामा आफू सत्ताको मोहमा नफसेको, इमान्दार छविको लगायतको उपमा भिराउने ओली वास्तव नै ईमान्दार होईनन् भन्ने कुरा उनले बामदेव माथि गरेको व्यवहारले नै देखिन्छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ