arrow

अबको चुनावमा एमालेले सम्पूर्ण शक्ति परिचालन गर्ने, बामदेवलाई अख्तियारी

logo
प्रकाशित २०७४ भदौ ७ बुधबार
Kp-oli-speaking-11017716.jpeg

काठमाडौं । प्रमुख विपक्षी दल एमालेले प्रदेशसभा र प्रतिनिधिसभाको निर्वाचनका लागि पार्टीको सम्पूर्ण शक्ति परिचालन गर्ने निर्णय गरेको छ ।

वुधबार पार्टी कार्यालय धुम्बाराहीमा बसेको स्थायी कमिटीको बैठकले असोज २ गते हुने प्रदेश नम्बर २ को स्थानी तह चुनाव र मंसिर १० गतेका लागि तय गरिएको प्रदेश र केन्द्रको निर्वाचनमा पार्टीको सम्पूर्ण शक्ति केन्द्रित गर्ने निर्णय हो ।

बैठकपछि सचिव प्रदीप ज्ञवालीले अहिले विशेष गरेर प्रदेश २ को निर्वाचनमा केन्द्रित भइने जानकारी दिए । एमालेले संविधान संशोधनको विपक्षमा मतदान गरेका कारण तराई मधेसमा विशेष परिचालन गर्ने तयारी गरको छ ।

मंसिर १० गतेका लागि तय भएको प्रदेशसभा  र प्रतिनिधिसभाको निर्वाचनका लागि समयमै दल दर्ता गराउन एमालले मातहतलाई सुझाएको छ । निर्वाचन आयोगले भदौ ११ गतेसम्म दल दर्ताका लागि सूचना जारी गरिसकेको छ ।

दल दर्ताका लागि उपाध्यक्ष वामदेव गौतमलाई बैठकले अख्तियारी दिएको सचिव ज्ञवालीले बताएका छन् । ज्ञवालीका अनुसार एमालेले सकेसम्म भदौ ९ गते नै दल दर्ता गर्ने तयारी गरेको छ । एमालेले राष्ट्रिय जनता पार्टी राजपालगायत सबै दलहरुलाई निर्वाचनमा हुन समेत आह्ववान गरेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ