arrow

आईएमई ग्लोबल आईएमई आकांक्षा छात्रवृत्ति वितरण शुरु

भूकम्पले प्रभावित १४ जिल्ला स्कुल र कलेजका विद्यार्थी मध्येबाट एक सय जना छात्रवृत्ति

logo
प्रकाशित २०७२ पुष २४ शुक्रबार
IME.jpg.jpeg
काठमाडौ। आईएमई लिमिटेड र ग्लोबल आईएमई बैंकले हिसान तथा प्याब्सनको सहकार्यमा ल्याएको आईएमई ग्लोबल आईएमई आकांक्षा छात्रवृत्ति वितरण शुरु गरेको छ।
 
कलंकीस्थित एडमार्क कलेजबाट छात्रवृत्ति पाएका छात्र कृष्ण बहादुर साउदलाई आज ग्लोबल आईएमई बैंकका वरिष्ठ उप(प्रमुख कार्यकारी अधिकृत जनक शर्मा पौड्याल र आईएमई लिमिटेडका प्रमुख कार्यकारी अधिकृत सुमन पोखरेलले संयुक्त रुपमा चेक हस्तान्तरण गरेर वितरण कार्यक्रमको शुभारम्भ गर्नुभयो।
 
त्यस्तै आईएमई लिमिटेड र ग्लोबल आईएमई बैंकमा कार्यरत बरिष्ठ पदाधिकारीहरुले कुमारीपाटी ललितपुरस्थित ओमेगा कलेजमा अध्ययनरत छात्रा लक्ष्मि शाहलाई चेक हस्तान्तरण गरेका थिए।
 
भूकम्पले अति प्रभावित १४ जिल्ला लागायत देशभरमा स्कुलर कलेजमा अध्ययनरत विद्यार्थी मध्येबाट एक सय जना विद्यार्थीलाई यस्तो छात्रवृत्ति उपलब्ध गराईएको हो।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ