arrow

आइसिसी इमर्जिङ एसिया बैङ्किङ अवार्डमा नबिल बैङ्कलाई ‘वेस्ट कमर्सियल बैङ्क, (नेपाल)’ सम्मान

logo
हाम्रा कुरा
प्रकाशित २०८३ साउन १० आइतबार
nabil-bnak-icc-award-july-2026.jpg

काठमाडौँ । नबिल बैङ्कले ‘वेस्ट कमर्सियल बैङ्क (नेपाल)’ अवार्ड प्राप्त गरेको छ । इन्डियन चेम्बर अफ कमर्स (आइसिसी)ले शुक्रवार भारतको नयाँ दिल्लीमा आयोजना गरेको ‘चौथो इमर्जिङ एसिया बैङ्किङ कन्क्लेभ एण्ड अवार्डस्, २०२६’ मा बैङ्कका सञ्चालक मलय मुखर्जीले उक्त अवार्ड ग्रहण गरेका हुन्।

बैङ्कले ग्राहकको विश्वास, कर्मचारीको समर्पण तथा सरोकारवालाहरूको निरन्तर सहयोगको प्रति फलस्वरूप यो अवार्ड प्राप्त भएको जनाएको छ। यसले बैङ्किङ सेवा र नवप्रवर्तनलाई थप सुदृढ बनाउन प्रेरणा दिने बैङ्कको भनाइ छ।

बैङ्कका कायममुकायम प्रमुख कार्यकारी अधिकृत भूपेन्द्र पाण्डेले उक्त अवार्ड पाउँदा निकै खुसी लागेको बताए। “बैङ्क फेरि एक पटक प्रतिष्ठित अवार्डबाट सम्मानित भएको छ, हामीलाई निरन्तर साथ, सहयोग र हौसला प्रदान गर्ने सम्पूर्ण सरोकारवालाप्रति हार्दिक धन्यवाद व्यक्त गर्दछु”, उनले भने।

यस अवार्डमा नेपालसहित भारत, भुटान, श्रीलङ्का, म्यानमार, थाइल्यान्ड र बङ्गलादेशका बैङ्कहरू सहभागी थिए। 
आइसिसी भारतको उद्योग र वाणिज्य क्षेत्रको अग्रणी संस्था हो। भारतका प्रमुख व्यावसायिक समूहहरू आबद्ध रहेको यस संस्थाले देशभित्र र अन्तर्राष्ट्रिय स्तरमा व्यावसायिक गतिविधि विस्तार गर्ने उद्योग तथा व्यवसायको प्रतिनिधित्व गर्दै आएको छ।

नबिल बैङ्कले हालसालै तीन वटा प्रतिष्ठित अन्तर्राष्ट्रिय अवार्ड पनि प्राप्त गरेको थियो । बैङ्कले युरोमनी अवाड्र्स फर एक्सेलेन्सअन्तर्गत ‘नेपाल्स वेस्ट बैङ्क’, ‘नेपाल्स वेस्ट बैङ्क फर ईएसजी’ र ‘नेपाल्स वेस्ट बैङ्क फर एसएमई’ उपाधि प्राप्त गरेको थियो। बैङ्कको सुदृढ वित्तीय अवस्था, ग्राहक केन्द्रित सेवा, डिजिटल बैङ्किङमा नेतृत्व तथा समग्र बैङ्किङ उत्कृष्टताका लागि उक्त अवार्डबाट सम्मानित गरिएको थियो।

नबिल बैङ्क निजी क्षेत्रको एक अग्रणी वाणिज्य बैङ्क हो। यस बैङ्कले २६ लाखभन्दा बढी ग्राहकलाई देशभर रहेका २६४ शाखा सञ्जाल र ३१५ एटिएम मेसिनमार्फत सेवा प्रदान गर्दै आएको छ। चार दशकदेखि गुणस्तरीय बैङ्किङ सेवा प्रदान गर्दै आएको बैङ्कले हालसालै ग्राहक, समुदाय र समग्र देशको अर्थतन्त्रका लागि समावेशी र समृद्ध भविष्य निर्माण गर्ने उद्देश्यसाथ ‘बैङ्किङ एण्ड बियोन्ड’ अवधारणालाई अझ सशक्त रूपमा अगाडि बढाएको छ 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ