arrow

फ्रान्समा पनि १५ वर्ष मुनिका बालबालिकाका लागि सामाजिक सञ्जालमा प्रतिबन्ध

logo
हाम्रा कुरा
प्रकाशित २०८३ साउन ८ शुक्रबार
france-flag.jpg

काठमाडौँ ।  फ्रान्सले १५ वर्ष मुनिका बालबालिकाका लागि सामाजिक सञ्जालमा प्रतिबन्ध लगाउने पक्षमा मतदान गरेको राष्ट्रपति इमानुएल म्याक्रोनले जानकारी दिएका छन्। 

सामाजिक सञ्जाल एक्समार्फत सांसदहरूलाई समर्थनका लागि धन्यवाद दिँदै राष्ट्रपति म्याक्रोनले बालबालिकालाई अनलाइनको असुरक्षाबाट बचाउन यो निर्णय छिट्टै कार्यान्वयन गरिने प्रतिबद्धता व्यक्त गरे। यो निर्णय संवैधानिक परिषद्को निर्णयमा निर्भर रहनेछ।

सिएनएनका अनुसार, यस निर्णयसँगै फ्रान्स सामाजिक सञ्जालमा उमेर प्रतिबन्ध लगाउने युरोपेली संघको पहिलो देश बन्नेछ। यसअघि गत जुन महिनामा बेलायतले १६ वर्ष मुनिका बालबालिकाका लागि सामाजिक सञ्जालमा प्रतिबन्ध लगाउने घोषणा गरेको थियो भने अष्ट्रेलियाले गत वर्ष नै १६ वर्ष मुनिका बालबालिकाका लागि पूर्ण प्रतिबन्ध लगाइसकेको छ। 

त्यस्तैजापानले पनि कम उमेरका प्रयोगकर्ताहरूको सुरक्षाका लागि कडा उमेर प्रमाणीकरण र अपरेटरहरूको जिम्मेवारी बलियो बनाउने उपायहरू अघि सारेको छ भने स्पेन र डेनमार्कले पनि यस विषयमा विचार गरिरहेका छन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ