स्वास्थ्य बीमा बोर्डबाट २५ अर्ब ४८ करोड दाबी भुक्तानी
हाम्रा कुरा
प्रकाशित २०८३ साउन ८ शुक्रबार
433
Shares
काठमाडौँ। स्वास्थ्य बीमा बोर्डले आर्थिक वर्ष २०८२/८३ मा अघिल्लो आर्थिक वर्ष र २०८२ पुस महिनासम्म स्वीकृत स्वास्थ्य बीमा दाबीबापत २५ अर्ब ४८ करोड ८७ लाख ८७ हजार ४७९ रुपैयाँ भुक्तानी गरेको जनाएको छ।
बोर्डका अनुसार आर्थिक वर्ष २०८२/८३ को असोज, कात्तिक र मंसिरसम्म प्राप्त स्वीकृत दाबीको भुक्तानी यसअघि नै सम्पन्न गरिएको थियो।
पछिल्लो निर्णयअनुसार २०८२ पुस महिनामा स्वीकृत दाबीबापत दुई अर्ब चार करोड ८३ लाख सात हजार ७६९ रुपैयाँ सेवा प्रदायक स्वास्थ्य संस्थाहरूको बैंक खातामा जम्मा गरिएको छ।
यससँगै आर्थिक वर्ष २०८२/८३ अन्तर्गत पुस महिनासम्म स्वीकृत भएका सबै स्वास्थ्य बीमा दाबीको भुक्तानी सम्पन्न भएको बोर्डले जनाएको छ।
स्वास्थ्य बीमा बोर्डले सेवा प्रदायक स्वास्थ्य संस्थाहरूलाई दाबी भुक्तानी नियमित, पारदर्शी र चरणबद्ध रूपमा गर्दै आइरहेको जनाएको छ।