नेदरल्यान्ड्सविरुद्ध नेपालको खराब शुरूआत, कुशल, आशिफ र रोहित सस्तैमा आउट
हाम्रा कुरा
प्रकाशित २०८३ साउन ७ बिहिबार
245
Shares
काठमाडौँ । आईसीसी क्रिकेट विश्वकप लिग-२ अन्तर्गत नेदरल्यान्ड्सविरुद्धको महत्वपूर्ण खेलमा नेपालले कमजोर शुरूआत गरेको छ।
टस हारेर पहिले ब्याटिङमा उत्रिएको नेपालले ९.१ ओभरमा ३१ रन बनाउँदा ३ विकेट गुमाएको हो।
नेपालका ओपनर कुशल भुर्तेल २० बलमा ९ रन बनाएर काइल क्लाइनको बलमा एलबीडब्लू आउट भए। त्यसपछि विकेटकिपर ब्याट्सम्यान आसिफ शेख १७ बलमा १४ रन बनाएपछि नोआ क्रोसबाट क्याच आउट हुँदै अलेक्जेन्डर रोयको सिकार बने।
कप्तान रोहित पौडेल १२ बलमा ३ रन बनाएर आउट भए । नामिबियासँग पहिलो खेलमा पराजित भएको नेपालका लागि आजको खेल विश्वकप लिग-२ मा पुनरागमन गर्ने अवसर हो।
यो खेल हार्दा नेपाल शीर्ष चारमा रहने सम्भावना कमजोर हुनेछ ।